फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छाङ्ग व्हो नम्बर तीन"को कार्यभार सुचारु रुपमा संचालनमा

(GMT+08:00) 2013-11-26 17:44:22

             नोभेम्बर 26 तारिख विहान चीनको राष्ट्रिय विज्ञान तथा प्रविधि रक्षा उद्योग ब्यूरोले अन्तरिक्ष आविष्कार कार्यअन्तर्गत दोस्रो चरणको"छाङ्ग व्हो नम्बर तीन"कार्यभार सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गरेको छ। "छाङ्ग व्हो नम्बर तीन"कार्यभारको बारेमा पछिल्लो जानकारी दिँदै राष्ट्रिय विज्ञान तथा प्रविधि रक्षा उद्योग ब्यूरोका प्रवक्ता ऊ ची च्यानले अन्तरिक्षमा अवतरण गर्ने महत्वपूर्ण कार्यभार बहन गर्ने"छाङ्ग व्हो नम्बर तीन"कार्यभारका विभिन्न अनुसन्धान र परिक्षण कार्य हालसम्म पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार भारबाहक अर्थात् क्यारियर रकेट र आविष्कार यन्त्र सी छ्वाङ्ग उपग्रह प्रक्षेपण केन्द्रमा बन्दोबस्तीका साथ राखिएका छन् भने जलवायु आदि पूर्वाधार पूरा भएमा यसै वर्षको डिसेम्बरमा प्रक्षेपण गरिने भएको छ।

            चीनको अन्तरिक्ष आविष्कार कार्यको दोस्रो चरणको मुख्य कार्यभार "छाङ्ग व्हो नम्बर तीन"कार्यभार "परिक्रमा, अवतरण,फिर्ता" यी तीन कार्यक्रमहरुको सबैभन्दा मुख्य काम हुन्। वर्तमान अवस्थामा सुचारु अवस्थामा चलिरहेको"छाङ्ग व्हो नम्बर तीन"कार्यभार सम्बन्धी पछिल्लो स्थितिबारे जानकारी दिँदै प्रवक्ता ऊले भन्नुभयो: "छाङ्ग व्हो नम्बर तीन"का विभिन्न अनुसन्धान र परीक्षण पूरा भएका छन्। जलवायु आदि पूर्वाधारहरु पूरा हुनेबित्तिकै यसै वर्षको डिसेम्बरमा क्यारियर रकेटलाई प्रक्षेपण गर्ने तयारी भैरहेको छ।

            जानकारी दिइएअनुसार"छाङ्ग व्हो नम्बर तीन"कार्यभारले तीन ठूला महत्वपूर्ण लक्ष्य पूरा गर्ने छ। यी तीन ठूला उद्देश्य यस प्रकार छन्: एक चन्द्रमामा अवतरण, चन्द्रमाको स्थलगत निरीक्षण तथा जाँचबुझ र अन्तरिक्ष सञ्चारको नियन्त्रणको परीक्षण आदि महत्वपूर्ण प्रविधि। दुईः चन्द्रमामा अवतरण गर्ने तथा जाँचबुझ गर्ने यन्त्रको अनुसन्धान र स्थलगत गहन अन्तरिक्ष आविष्कार केन्द्रको स्थापना। तीनः चन्द्रमा आविष्कार अन्तरिक्ष महाकार्यको आधारभूत प्रणालीको स्थापना। यसका अतिरिक्त "छाङ्ग व्हो नम्बर तीन"सँग अर्का तीन वैज्ञानिक आविष्कारसम्बन्धी कार्यभार रहेका छन्। यसबारे बताउँदै प्रवक्ता ऊले भन्नुभयो: तीन महत्पूर्ण कार्यभार भनेको चन्द्रमाको सतहको आकार तथा भूगोलको बनोट सम्बन्धी अनुसन्धान, चन्द्रमाको सतहको बस्तु तथा प्रयोग गर्नसकिने ऊर्जास्रोतको छानबीन, पृथ्वी प्लाज्मा तहको आविष्कार।

             चन्द्रमा आविष्कार एउटा एकदमै जटिल तथा उच्च जोखिमयुक्त कार्य हो। हालसम्म "छाङ्ग व्हो नम्बर तीन"कार्यभारबाहेक विश्वमा जम्मा 129 वटा चन्द्रमा आविष्कार सम्बन्धी कार्यक्रम संचालन गरिएका थिए भने यी कार्यक्रमहरुका केवल 51प्रतिशतले मात्रै सफलता पाएका छन्। चीनको पहिलो चन्द्रमाको सफ्ट अवतरण तथा चन्द्रमाको सतहको निरीक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने "छाङ्ग व्हो नम्बर तीन"कार्यभार हालसम्म चीनको अन्तरिक्ष विज्ञानको इतिहासमा सबैभन्दा जटिल र गाह्रो कार्यभार हो।

              थाहा भएअनुसार"छाङ्ग व्हो नम्बर तीन"कार्यभारको चन्द्रमा आविष्कार यन्त्रको असी प्रतिशत साधन र प्रविधि नयाँ हुन्। नयाँ साधन र प्रविधिको पहिलो प्रयोगका सामु ठूलो जोखिम देखापरेको छ। यसप्रति प्रवक्ता ऊले यसरी भन्नुभयो: सम्भावित खतराको प्रतिरोध गर्नका लागि हामीले रुपरेखा बनाउनेदेखि उत्पादनसम्म पर्याप्त मात्रामा परीक्षण गरेका छौं। परिक्षणमा आधारित भई हामीले यस कार्यभारका विविध कार्यक्रमका लागि धेरै पूर्वानुमान मस्यौदा पनि तयार पारेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह