फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छाङ्ग व्हो नम्बर तीन"को कार्यभार व्यवहारमा उतारिने

(GMT+08:00) 2013-11-26 17:45:36

            चीनको"छाङ्ग व्हो नम्बर तीन"कार्यभारको चन्द्रमा आविष्कार यन्त्र यसै डिसेम्बरमा प्रक्षेपण गरिने भएको छ। "छाङ्ग व्हो नम्बर तीन"कार्यभार सम्बन्धी पहिलो पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय विज्ञान तथा प्रविधि उद्योग रक्षा ब्यूरोले चन्द्रमामा अवतरण अर्थात् अन्तरिक्ष यानको प्रथम पृथ्वी बाहिरको ग्रह सफ्ट अवतरणको कार्यभारबारे उक्त पछिल्लो जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा ब्यूरोका प्रवक्ता ऊ ची च्यानले उक्त जानकारी दिनुभएको हो।

              हाल अन्तर्राष्ट्रिय समाजमा देखापरेको"चीन र भारतबीचको अन्तरिक्ष प्रतिस्पर्धा" भन्ने शंकालाई निराकरण गर्दै चीनको अन्तरिक्ष आविष्कार कार्यसम्बन्धी सहायक मुख्य इन्जिनियर ली पन चङ्गले चीनको अन्तरिक्ष गतिविधि कुनै पनि मुलुकसँगको प्रतिस्पर्धाका लागि नभएको स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह