फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"नोभेम्बर बाईस"काण्ड एक अनुत्तरदायी दुर्घटनाको रुपमा निश्चित

(GMT+08:00) 2013-11-26 17:46:10

         नोभेम्बर पच्चीस तारिखसम्म पच्पन्न जनाको ज्यान जाने गरी भएको चीनको तुङ्गव्हाङ्ग तेल पाइप विस्फोटन काण्डलाई एक अनुत्तरदायी दुर्घटनाको रुपमा निश्चित गरिएको छ। हाल प्रहरी पक्षले त्यस विस्फोटन काण्डमा मुछिएका साइनोपेकका सातजना र छिङ्गताउ आर्थिक र प्राविधिक विकास क्षेत्रका दुई जनालाई नियन्त्रणमा लिएको छ।

           गत नोभेम्बर बाईस तारिखका दिनमा साइनोपेकको तुङ्गव्हाङ्ग तेल पाइप विस्फोटन सम्बन्धी चीनको राज्य परिषद्को बिनाशकारी दुर्घटनाको छानबीन टोलीको पूर्ण बैठक पच्चीस तारिखका दिन छिङ्गताउमा आयोजना गरिएको थियो। सोही बैठकलाई सम्बोधन गर्दै छानबीन टोलीका प्रमुख एवम् राष्ट्रिय सुरक्षा निगरानी ब्यूरोका प्रमुख याङ्ग तुङ्ग ल्याङ्गले त्यो एक ज्यादै गम्भीर र गैरजिम्मेवारपूर्ण दुर्घटना भएको कुरामा जोड दिनुभएको छ।

           छिङ्गताउ आर्थिक र प्राविधिक विकास क्षेत्रबाट प्राप्त जानकारीअनुसार, तत्स्थानमा विस्फोटन काण्डका कारण विच्छेद गरिएको विद्युत र जलको आपूर्ति हाल पुन: सुचारु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह