फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पूर्वी तुर्किस्तान इस्लामिक समूह"मा आतंकवादको प्रतिबिम्ब

(GMT+08:00) 2013-11-26 17:46:34

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले तथाकथित "तुर्किस्तान इस्लामिक पार्टी"वास्तवमा "पूर्वी तुर्किस्तान इस्लामिक समूह"नामक आतंकवादी संगठन भएको कुरा औंल्याउनुभएको छ। पच्चीस तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त समूहबाट आतंकवादको स्वरुप स्पष्टसँग प्रतिबिम्बित गरिएको टिप्पणी गर्नुभयो।

            प्रवक्ता छिनका अनुसार, "पूर्वी तुर्किस्तान इस्लामिक समूह" संयुक्त राष्ट्र संघद्वारा घोषित आतंकवादी संगठन हो। लामो समयदेखि उक्त समूहको संलग्नतामा आतंकवादी शक्तिले युगुर जातीय सिनच्याङ्गलाई चीनबाट अलग पार्ने षड्यन्त्र पूरा गर्नका लागि विदेशमा जथाभावी रुपमा आतंकवादी गतिबिधि चलाउँदैआएको छ। त्यसबाट अधिकांश सर्वसाधारणको हताहत हुनुका साथै धनसम्पत्तिको पनि नोक्सानी भएको छ। चीन सरकारले निरन्तर त्यस आतंकवादी शक्तिलाई गम्भीर रुपमा प्रहार गर्दै जाने पनि प्रवक्ता छिनले बताउनुभयो। उहाँले भन्नुभयोः आतंकवादमाथि प्रहार गर्नका लागि दोहोरो मापदण्ड लागू गरिनुहुँदैन। बरु अन्तर्राष्ट्रिय समुदायले सँगै मिलेर सहयोग आदान प्रदान गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह