फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग तथा विभिन्न देशका प्रधानमन्त्री बीच भेटघाट

(GMT+08:00) 2013-11-26 17:47:54

           चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले विदेश भ्रमणका दौरान स्थानीय समयअनुसार पच्चीस तारिख दिउँसो रोमानियाको राजधानी बुखारेस्टमा विभिन्न देशमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ। उहाँले बेग्लाबेग्लै गरी बोस्निया हर्जगोभिनाका प्रधानमन्त्री जेकोस्लाभ बेभान्दा, क्रोएशियाका प्रधानमन्त्री जोरान मिलानोभिज, लिथुआनियाका प्रधानमन्त्री अल्गिर्दास बुथ्केभिक्जियुस र एशानियाका प्रधानमन्त्री आन्द्रुस आन्सिपसँग भेट-वार्ता गर्नुभएको हो।

              भेटका अवसरमा प्रधानमन्त्री लीले उहाँहरूलाई चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा सुधारलाई सम्पूर्ण रुपमा गहन पार्नेबारे प्राप्त निर्देशनबारे जानकारी दिनुभयो। साथै प्रधानमन्त्री लीले त्यस बैठकबाट चीन-मध्य पूर्वी यूरोपेली मुलुक बीचको सहयोगका लागि अझ बढी अवसर सिर्जना गर्ने आशाबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह