फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गद्बारा चीन-मध्य पूर्वी यूरोपेली मुलुकको तेस्रो आर्थिक र ब्यापारिक मञ्चलाई सम्बोधन

(GMT+08:00) 2013-11-26 17:49:59

          स्थानीय समय अनुसार नोभेम्बर छब्बीस तारिख बिहान चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले बुखारेस्टमा चीन-मध्य पूर्वी यूरोपेली मुलुकको तेस्रो आर्थिक र ब्यापारिक मञ्चलाई सम्बोधन गर्नुभएको छ।

          यस मञ्चको मुख्य विषय "सहयोगद्बारा साझा समृद्धि र सहकार्यद्वारा विकास"भन्ने रहेको छ। त्यस मञ्चमा सहभागी चीन र विदेशका ब्यापारीहरू ऊर्जा, यातायात, रासायनिक-उद्योग, इन्जिनियरिङ्ग, टेलिकम, कृषि, पर्यटन र ब्यापार आदि क्षेत्रबाट समेटिएका हुन्।

          यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म चीन र मध्य-पूर्वी यूरोपेली मुलुकबीचको ब्यापारिक रकम 45 अर्ब 40 करोड अमेरिकी डलर पुगेको छ। साथै दुवै पक्षबीचको लगानी परिमाण पनि लगातार रुपमा विस्तार हुँदैआएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह