फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राजदूतद्वारा नेपालमा छिट्टै संविधान बन्ने अपेक्षा

(GMT+08:00) 2013-11-27 14:56:41

          नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत वु छुन्थाइबीच भेटवार्ता भएको छ। उपसभापति पौडेल निवास बोहोराटारमा भएको सो भेटवार्तामा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा चीनका राजदूतले बधाई दिँदै संविधान निर्माण गरेर नेपालको शान्ति, विकास र स्थिरताको मार्ग अघि बढोस् भन्ने चीनको इच्छा रहेको बताउनुभएको थियो । "चाँडो संविधान बनोस्, नेपालमा शान्ति, स्थिरता र विकासको कामले तीव्रता लिनुपर्छ भन्ने चीनको चाहना छ," भेटमा चिनियाँ राजदूतको भनाइ उद्धृत गर्दै उपसभापति पौडेलले भन्नुभयो।

           सो अवसरमा उपसभापति पौडेलले निर्वाचनमा चीनका तर्फबाट भएको सहयोगका लागि आभार व्यक्त गर्दै राजनीतिक दलबीच सहमति जुटाएर संविधान लेखनको काम सक्ने र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानेतर्फ अब ध्यान केन्द्रित गरिने बताउनुभएको थियो। "निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, अब हामी सहमति जुटाएर संविधान लेखनमा केन्द्रित हुन्छौँ र विकासको कामलाई पनि अघि बढाउँछौँ," उपसभापति पौडेलले भन्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह