फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-मध्य पूर्वी युरोपबीच भावी सहयोगसम्बन्धी मार्गचित्र सार्वजनिक

(GMT+08:00) 2013-11-27 17:57:27

              स्थानीय समयअनुसार 26 तारिख रोमानियाको भ्रमणमा रहनुभएका चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले बुखारेस्टमा आयोजित चीन-मध्य पूर्वी युरोपेली मुलुकका नेतास्तरीय सम्मेलनमा भाग लिनुभएको छ। यस सम्मेलनमा चीन र मध्य पूर्वी युरोपका सोह्र मुलुकका नेतागणले यी दुबै पक्षबीचको सम्बन्धलाई गहन पार्नका लागि विचार-विमर्श गरी "चीन-मध्य युरोपेली मुलुक सहयोग सम्बन्धी बुखारेस्ट कार्यनीति"सार्वजनिक गरेका छन्। यस कार्यनीतिमा पाँच वर्षभित्रमा व्यापारिक रकमलाई दोहोल्याउने लक्ष्य प्रस्तुत गरेको देखिन्छ।

            26 तारिख मध्यान्ह रोमानियाको संसदको प्रदर्शनी भवनमा एक 21 मिटर लम्बाईको"ह से"नम्बर उच्च गतिको रेलको नमूनाले मध्य पूर्वी युरोपेली मुलुकका विभिन्न नेतागणको नजर आकर्षण गर्दछ। चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले जानकारी दिनुभएअनुसार आधारभूत प्रबन्ध र साधनको उत्पादन चीन र मध्य पूर्वी युरोपेली मुलुकबीचमा पारस्परिक हित र साझा फाइदाको एक महत्वपूर्ण समर्थन शक्ति हो। सोही दिन आयोजित नेतास्तरीय सम्मेलनबाट सार्वजनिक"चीन-मध्य युरोप मुलुक सहयोग सम्बन्धी बुखारेस्ट कार्यनीति"ले यी दुबै पक्षबीचको साझा विकासलाई प्रवर्द्धन गर्नका लागि एक मार्गचित्र सिर्जना गरेको छ। यसप्रति प्रधानमन्त्री लीले भन्नुभयो: चीनले मध्य पूर्वी युरोपेली मुलुकसँग रेलमार्ग,आणविक विद्युत,राजमार्ग,बन्दरगाह,सञ्चार आदि क्षेत्रमा आपसी सहयोगलाई सबल पार्ने आशा गरेको छ। तीव्र गतिमा ठूला परियोजनाको स्थापनाले यी दुबै पक्षबीचको लगानी परिमाणलाई बढाउनसक्नेछ।

            हाल केही वर्षयता कम पूँजी भएका मध्य पूर्वी युरोपेली मुलुकको अर्थतन्त्र पुनरुत्थान हुने क्रममा नकारात्मक असर परेको छ। मध्य पूर्वी युरोपेली मुलुकसँगको सहयोगलाई समर्थन गर्नका लागि चीनले दश अर्ब अमेरिकी डलरको विशेष ऋण कोषको स्थापना गरेको छ। प्रधानमन्त्री लीका अनुसार चीनले मध्य पूर्वी युरोपेली मुलुकसँगको बैकिङ्ग र व्यापारिक सहयोगका लागि सक्रिय उपाय खोज्ने आशा गरेको छ।

              मध्य पूर्वी युरोपेली मुलुकका नेतागणले प्रधानमन्त्री ली ख छ्याङ्गद्बारा प्रस्तुत गरिएको द्बिपक्षीय सहयोगात्मक रणनीति रुपरेखालाई हार्दिक स्वागत गर्दै अझ सक्रिय भावना र गतिविधिले अर्थतन्त्र तथा व्यापार,लगानी,आधारभूत प्रबन्धको निर्माण,ऊर्जास्रोत,वातावरणको संरक्षण आदि क्षेत्रमा चीनसँगको सहयोगलाई प्रवर्द्धन गर्ने अठोट लिएका छन्। यसप्रति रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टाले भन्नुभयो: मध्य पूर्वी युरोपेली मुलुक र चीनका सामु साझा चुनौती देखापरेको छ। दुबै पक्षबीचको सहयोगलाई सबल पारेबाट अझ राम्ररी यी चुनौतीको सामना गर्न सकिनेछ। यसप्रति मसँग दृढ आत्मविश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह