फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग आफ्नो रक्षात्मक वायु मण्डलको प्रभावकारी व्यवस्थापन र नियन्त्रण क्षमता रहेको चीनको रक्षा मन्त्रालयका प्रवक्ताको दावी

(GMT+08:00) 2013-11-27 17:58:46

          चीनको रक्षा मन्त्रालयका प्रवक्ता गँ यान शङ्गले चीनसँग आफ्नो रक्षात्मक वायु मण्डलको प्रभावकारी व्यवस्थापन र नियन्त्रण क्षमता रहेको व्यक्त गर्नुभएको छ। हाल दुई अमेरिकी B-52 लडाकु विमानले पूर्वी समुद्री क्षेत्रमा पर्ने चीनको रक्षात्मक वायु मण्डलमा प्रवेश गर्ने कुराप्रति प्रत्यक्ष प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो।

          प्रवक्ता गँका अनुसार अमेरिकाका यी दुई लडाकु विमानले पैचिङ्ग समयअनुसार यसै महिनाको 26 तारिख विहान एघार बजेदेखि दिउँसो एक बजेर 22 मिनेट जाँदासम्म चीनको पूर्वी समुद्री रक्षात्मक वायु मण्डलको पूर्वी सीमा क्षेत्रमा प्रवेश गरेको थियो। चिनियाँ फौजले अमेरिकाको उक्त गतिविधिको सम्पूर्ण क्रमलाई निगरानी गरेको जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह