फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गद्बारा रोमानियाको संसदलाई सम्बोधन

(GMT+08:00) 2013-11-28 17:48:51

            स्थानीय समयअनुसार 27 तारिख दिउँसो रोमानियाको भ्रमणमा रहनुभएका चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले रोमानियाको संसदलाई सम्बोधन गर्नुभएको छ। यस सम्बोधनमा प्रधानमन्त्री लीले "पानी बगेता पनि ढुँगा सधैं रहिरहनेछ" भन्ने रोमानियन उखान उद्धृत गर्दै चीन र रोमानियाबीचको सम्बन्धको व्याख्या गर्नुभयो। उहाँले चीन रोमानियाबीचको सहयोगलाई मजबुत पार्नका लागि खास प्रस्ताव प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री लीका अनुसार चीन र रोमानियाबीचको भावी सहयोग एउटा सुदूर यात्राको ठूलो जहाज जस्तै भएको चर्चा गर्दै यस सहयोगका लागि यी दुबै पक्षले चुनौती र कठिनाईको सामना गरी संयुक्त रुपमा उज्यालो भविष्य सिर्जना गर्नुपर्ने बताउनुभयो।

        रोमानियन भाषामा नमस्कार भन्दै आफ्नो भाषण सुरु गर्नुभएका प्रधानमन्त्री लीको यस सम्बोधनले तुरुन्तै उपस्थित सबै साँसदबीचको सम्बन्धलाई नजिक तुल्याएको थियो।

         चीनको प्रधानमन्त्री पद सम्हालेपछि ली ख छ्याङ्गले भ्रमण गर्नुभएको पहिलो मध्यपूर्वी युरोपेली मुलुक नै रोमानिया हो। रोमानियाले लीको यस भ्रमणलाई उच्च महत्व दिएकोमा प्रधानमन्त्री लीले पनि प्रसन्नता प्रकट गर्नुभएको छ। उहाँले भन्नुभयो: भर्खरै दुई जना रोमानियन सांसदसँग भेट्दा उहाँहरुले रोमानियालाई आफ्नै घर जस्तै ठान्ने आशा गर्नुभएको छ। मैले पनि यसरी जवाफ दिन्छु: भ्रमणका हिसावले रोमानियामा बसेर केही दिन बिताएँ तर पनि हालसम्म मसँग यो घर छोड्ने इच्छा लागिरहेको छैन।

          प्रधानमन्त्रीको उक्त कुरा भन्ने बित्तिकै सम्पूर्ण उपस्थित भएकाहरुले तालीको गडगडाहटले स्वागत गरेका थिए।

          चीन र रोमानियाबीचको मैत्रीपूर्ण आदानप्रदानको इतिहासलाई पूनरावलोकन गरेपछि प्रधानमन्त्री लीले विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक चीन र जनसंख्या तथा राष्ट्रिय क्षेत्रफल मध्य पूर्वी युरोपमा दोस्रो ठूलो स्थान लिएको रोमानियाबीचको साझा हित झन् झन् बढ्दै गएको देखिन्छ। उहाँले भन्नुभयो: खास तथा प्रभावकारी सहयोग नै सबल प्रवर्द्धन शक्ति हो। सँचिति शक्तिसहित नयाँ आर्थिक समूहको रुपमा चीन र रोमानियाबीचको सहयोगात्मक भविष्य उज्यालो हुने छ। रोमानियासँग प्रचुर ऊर्जास्रोत, उच्च गुणस्तरको श्रम शक्ति, बलियो औद्योगिक तथा कृषि आधार रहेका छ्न् भने चीनमा ठूलो बजार, अपेक्षाकृत श्रेष्ठ साधन उत्पादन व्यवसाय, आधारभूत प्रबन्धको निर्माण गर्ने विशाल शक्ति र अपेक्षाकृत प्रचुर पूँजी रहेका छन्।

            चीन र रोमानियाबीचको सहयोगलाई विस्तार गर्न प्रधानमन्त्री लीले केही निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार यी दुबै पक्षले आपसी रणनैतिक विकासलाई प्रवर्द्धन गर्दै साझा हितलाई विस्तार गर्नुपर्छ। व्यापारिक परिधिको विस्तार गर्दै आपसी सहयोगात्मक विशेषता खोज्नुपर्छ। उहाँले भन्नुभयो: हाल चीन र रोमानियाले आणविक-विद्युत र उच्च गतिको रेल कार्यदलको स्थापना गर्नका लागि गहन विचार-विमर्श गरिरहेका छन्। यस सन्दर्भमा चीन सरकारले स्वदेशी व्यवसायले रोमानियाका सम्बन्धित पक्षसँगको सहयोगमा समर्थन दिँदै जानेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह