फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका वाणिज्य बैंकहरुद्वारा घरजग्गा कर्जामा 4 प्रतिशत कटौती

(GMT+08:00) 2013-11-28 17:51:49

             नेपालका वाणिज्य बैंकहरूले रियल स्टेट क्षेत्रमा प्रवाह गर्ने कर्जा गत वर्षको असोजको तुलनामा चालू आर्थिक वर्ष 2070/71 को असोजसम्म 4.7 प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको सो अवधिमा 31 वाणिज्य बैंकहरूले 62 अर्ब 77 करोड 47 लाख रुपैयाँ सो क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा 65 अर्ब 78 करोड 29 लाख रुपैयाँ रियल इस्टेट कर्जा प्रवाह गरेका थिए।

            नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको 25 प्रतिशतभन्दा धेरै रियल इस्टेट क्षेत्रमा प्रवाह गर्न नपाउने व्यवस्था गरेपछि बैंकहरूले सो क्षेत्रको कर्जा घटाउँदै आएका हुन्। बैंकहरूले रियल इस्टेट शीर्षकमा व्यवसायी तथा आवसीय कर्जा, व्यावसायिक कम्प्लेक्स र जग्गा खरिद तथा प्लटिङमा कर्जा प्रवाह गर्दै आएका छन्।

           बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार 30 वाणिज्य बैंकहरूले सो क्षेत्रमा प्रवाह गरेको कर्जा कुल कर्जाको 8 प्रतिशत हो। बैंकहरूले असोज मसान्तसम्ममा 7 खर्ब 76 अर्ब 26 करोड 38 लाख रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन्।

          चालू आर्थिक वर्षको सो अवधिमा सबैभन्दा धेरै रियल इस्टेट क्षेत्रमा कर्जा प्रबाह गरेको नेपाल इन्भेस्टमेन्ट बैंकले 6 अर्ब 10 करोड 27 लाख रुपैयाँ प्रवाह गरेको छ। यो कर्जा बैंकले प्रवाह गरेको कुल कर्जाको 12.15 प्रतिशत हो। असोज मसान्तसम्ममा 50 अर्ब 21 करोड 97 लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

            गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले सबैभन्दा धेरै 7 अर्ब 65 करोड रुपैयाँ रियल इस्टेट शीर्षकमा कर्जा प्रवाह गरेको थियो। त्यसैगरी नबिल बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्मा 4 अर्ब 62 करोड 64 लाख रुपैयाँ रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको छ।

              कारोबार अनलाइनका अनुसार चालू आर्थिक वर्षको सो अवधिमा रियल इस्टेट क्षेत्रमा मेगा बैंकले 29 करोड 75 लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो कर्जा बैंकले सो अवधिसम्ममा प्रवाह गरेको कुल कर्जाको 2.28 प्रतिशत हो। बैंकले सो अवधिमा 12 अर्ब 99 करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेको छ। त्यसैगरी गत आर्थिक वर्षको सो अवधिमा सेञ्चुरी कमर्सियल बैंकले 37 करोड 50 लाख रुपैयाँ रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको थियो।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह