फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा रहेको अन्तर्राष्ट्रिय विमानको सामान्य उड्डयनलाई कुनै पनि असर नपर्ने

(GMT+08:00) 2013-11-28 18:11:46

         चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता याङ्ग यु च्युनले अठाईस तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा रहेको अन्तर्राष्ट्रिय विमानहरूको सामान्य उड्डयनलाई कुनै पनि असर नपर्ने बताउँदै विभिन्न पक्षहरूले सक्रियताका साथ उड्डयनको अधिकारको संरक्षण गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

           प्रवक्ता याङ्गका अनुसार, "जन गणतन्त्र चीनको पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा अन्तरिक्ष यन्त्र निश्चित गरिने नियम सम्बन्धी विज्ञप्ति"मा वायु मण्डलमा उड्नसकिने अन्तरिक्ष यन्त्रलाई कसरी निश्चित गर्ने भन्ने स्पष्ट नियम तोकिएको छ। त्यो अन्तर्राष्ट्रिय नियमसँग पनि मेल खाएको छ।

          चीनले सधैं नै विभिन्न देशले अन्तर्राष्ट्रिय कानून बमोजित उडान स्वतन्त्रताको उपभोग अधिकारको सम्मान गर्दैजाने कुरालाई पनि प्रवक्ता याङ्गले पुनर्पुष्टी गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह