फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग तथा रोमानियाका राष्ट्रपति बीच भेट-वार्ता

(GMT+08:00) 2013-11-28 18:12:12

         चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले स्थानीय समयअनुसार सत्ताईस तारिखका दिन रोमानियाका राष्ट्रपति र सिनेट तथा प्रतिनिधि सभाका सभामुखसँग भेट-वार्ता गर्नुभयो। भेटका अवसरमा प्रधानमन्त्री लीले दीर्घकालीन दृष्टिमार्फत चीन-रोमानिया र चीन-मध्य पूर्वी यूरोप बीचको सहयोगलाई अघि बढाउनुका साथै आपसी हितयुक्त र साझा समृद्धिको लक्ष्यलाई साकार तुल्याउने कुरामा जोड दिनुभएको छ।

          प्रधानमन्त्री लीले रोमानियाको राष्ट्रपति भवनमा राष्ट्रपति ट्रिआन बासेस्कुसँग भेट-वार्ता गर्नुभएको हो। भेटका अवसरमा उहाँले राष्ट्रपति बासेस्कुप्रति चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको अभिवादन हस्तान्तरण गर्नुभएको थियो।

           यसबाहेक प्रधानमन्त्री लीले रोमानियाको सँसदमा बेग्ला बेग्लैगरी सिनेटका सभामुख क्रिन आन्टोनेस्कु र प्रतिनिधि सभाका सभामुख भालेरिउ ज्गोनेआसँग पनि भेटघाट गर्नुभएको छ। रोमानियाको भ्रमण अवधिमा दुवै देश बीच आधारभूत प्रबन्धको निर्माण, उर्जा र कृषि आदि क्षेत्रमा रहेको सहयोगबारे धेरै महत्वपूर्ण उपलब्धि प्राप्त भएको कुरा पनि प्रधानमन्त्री लीले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह