फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेनाद्बारा चिनियाँ विशेषतायुक्त संयुक्त लडाकु र निर्देशन व्यवस्थाको सुधारलाई गहन पारिने

(GMT+08:00) 2013-11-28 18:18:53

        चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता याङ्ग यु च्युनले अठाईसका दिन केन्द्रीय समितिको सिद्धान्त बमोजिम चिनियाँ सेनाले ठीक समयमा चिनियाँ विशेषतायुक्त संयुक्त लडाकु र निर्देशन व्यवस्थाको सुधारलाई गहन पार्ने घोषणा गर्नुभयो।

           उहाँले अट्ठाईस तारिखका दिनमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, आधुनिक युद्धको पृष्ठभूमिमा संयुक्त लडाकु र निर्देशक व्यवस्थाको स्थापना गर्नु नै आवश्यक चाहना हो त्यसैकारण चिनियाँ सेनाले त्यस सम्बन्धमा सक्रियताका साथ सर्भेक्षण गरेको छ।

            प्रवक्ता याङ्गका अनुसार, केन्द्रीय समितिको सिद्धान्त बमोजिम अब उपरान्त चिनियाँ सेनाले विस्तृत अनुसन्धानको आधारमा सुधारलाई गहन पारी चिनियाँ विशेषतायुक्त संयुक्त लडाकु र निर्देशन व्यवस्थाको विकासको बाटोलाई पत्ता लगाउँदै जानेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह