फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीद्वारा उत्तर कोरियाको युङ प्याङस्थित आणविक रियाक्टर पुनःशुरु हुने सङ्केत

(GMT+08:00) 2013-11-29 16:44:56

      अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका महाप्रबन्धक युकिया अमानोले नोभेम्बर 28 तारिख भिएनामा आयोजित एक बैठकमा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको युङ प्याङस्थित आणविक रियाक्टर पुनःशुरु गर्न लागेको सङ्केत पाएको तर शतप्रतिशत निश्चित नभएको बताउनुभएको छ।

       युकिया अमानोले उत्तर कोरियालाई संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको सम्बन्धित निर्णय-प्रस्तावमा उत्तर कोरियाद्वारा दिइएको वचन-बद्धतालाई पूर्ण रुपमा पालना गर्न र अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीलाई सहयोग गर्न आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह