फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग तथा उज्वेकिस्तानका प्रधानमन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2013-11-29 16:51:04

         उज्वेकिस्तानको राजधानी ताश्केन्टमा भइरहेको शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्रीहरूको बाह्रौं सम्मेलनमा सहभागी हुनुभएका चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग तथा उज्वेकिस्तानका प्रधानमन्त्री शाभ्कट मिर्जियाएभबीच स्थानीय समय उन्नतीस तारिख बिहान भेट-वार्ता भएको छ।

           भेटका अवसरमा प्रधानमन्त्री लीले उज्वेकिस्तानसँगै मिलेर सुरक्षात्मक र रक्षात्मक सहयोगलाई गहन पार्नुका साथै "पूर्वी तुर्किस्तान"लगायत "तीनवटा शक्ति"माथि प्रहार गरी दुवै देश र क्षेत्रीय शान्ति तथा स्थिरताको सँरक्षण गर्दै जान चीन इच्छुक रहेको औंल्याउनुभएको छ।

            प्रत्युत्तरमा प्रधानमन्त्री मिर्जियाएभले दुवै देशका नेताको प्रत्यक्ष निर्देशन बमोजिम दुवै पक्षबीच विभिन्न क्षेत्रमा रहेका आपसी सहयोग द्रुत गतिले विकसित भएर उल्लेखनीय उपलब्धि हासिल भएको मूल्याङ्कन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह