फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग तथा उज्वेकिस्तानका राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2013-11-29 16:51:32

           उज्वेकिस्तानको भ्रमणमा रहनुभएका चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले अठाईस तारिखका दिन उज्वेकिस्तानमा राष्ट्रपति इस्लम अब्दुगानिएभिज कारिमोभसँग भेट-वार्ता गर्नुभयो।

           भेटका अवसरमा प्रधानमन्त्री लीले उज्वेकिस्तान चीनका लागि मध्य एशियामा रहेको भरपर्दो असल मित्र र साझेदार हो भन्दै दुवै देश बीचको रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ उचाई‌मा पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभएको छ।

           प्रत्युत्तरमा राष्ट्रपति कारिमोभले चीनका प्रधानमन्त्री लीले शाङ्गहाई सहयोग संगठनमा भाग लिनुभएको कुराबाट सशक्त रुपमा उज्वेकिस्तान र चीन बीचको सम्बन्धलाई अझ गहन रुपमा लैजानसकिने विश्वास व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह