फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा स्थायी जाँचबुझ गर्न लागि लडाकु विमान प्रेषित

(GMT+08:00) 2013-11-29 16:51:55

          चीनको वायु सेनाका प्रेस प्रवक्ता शन जिन खले नोभेम्बर 28 तारिखका दिन पैचिङ्गमा चीनको वायु सेनाले पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा स्थायी जाँचबुझ गरेर त्यस क्षेत्रमा रहेको अन्तरिक्ष यन्त्रको निगरानी तथा नियन्त्रणलाई मजबुत पार्नका लागि सु-30 र च्यान-11 आदि लडाकु विमानलाई तैनाथ गरेको कुरा व्यक्त गर्नुभएको छ।

           प्रवक्ता शनका अनुसार चिनियाँ वायु सेनाले पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा जाँचबुझ गर्नु रक्षात्मक कदम हो भने अन्तर्राष्ठ्रिय सामान्य नियमसित अनुकूल छ। चिनियाँ वायु सेनाले सधैं उच्च सर्तकताको अवस्था राख्दै यस क्षेत्रमा हुनसक्ने विभिन्न चुनौतीप्रति सम्बन्धित रक्षात्मक प्रतिक्रिया देखाउँदै जानेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह