फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी समुद्री रक्षात्मक वायु मण्डलका सम्बन्धमा चीनको रक्षा मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2013-11-29 16:53:01

        हाल जापान सरकारले चीनसमक्ष पूर्वी समुद्री रक्षात्मक वायु मण्डल बन्द गर्न आग्रह गरेको सम्बन्धमा जापानको धारणा बाहिर आएको छ। यसप्रति चीनको रक्षा मन्त्रालयका प्रेस प्रवक्ता याङ्ग यु जुनले 28 तारिखका दिन चीनले सधैं अन्तर्राष्ट्रिय कानूनबमोजिम विभिन्न मुलुकको उड्डयन स्वतन्त्रलाई सम्मान गर्दै आएको टिप्पणी गर्नुभयो। उहाँले चीनद्बारा स्थापित यो पूर्वी समुद्री रक्षात्मक वायु मण्डल सम्बन्धी वायु क्षेत्रका कानूनलाई परिवर्तन नगर्ने पुनःपुष्टि गर्नुभएको छ। जापानको उक्त आग्रहप्रति प्रवक्ता याङ्गले यदि पूर्वी समुद्री रक्षात्मक वायु मण्डललाई फिर्ता गर्नेमा जापानी पक्षले प्रथमतः आफ्नो रक्षात्मक वायु मण्डललाई फिर्ता गर्नुपर्छ भने चीनले 44 वर्षपछि यस्तो विचार गर्ने भएको कुरा प्रतिक्रिया दिनुभएको छ।

          "कसले एकतर्फी रुपमा वर्तमान परिस्थितिलाई परिवर्तन गरिरहेको छ? कसले लगातार अन्तर्विरोधलाई चर्को बनाइरहेको छ? कसले क्षेत्रीय सुरक्षामा खतरा पुर्‍याइरहेको छ? यी प्रश्नप्रति अन्तर्राष्ट्रिय समाजसँग तर्कपूर्ण जवाफ रहेको छ।"

         पैचिङ्गमा चीनको रक्षा मन्त्रालयद्बारा आयोजित नियमित पत्रकार सम्मेलनमा पूर्वी समुद्री रक्षात्मक वायु मण्डल सम्बन्धी समस्या सबैभन्दा केन्द्रीय विषय बनेको छ। अन्तर्राष्ट्रिय समाजले विदेशी नागरिक विमान अनुमोदन नपाएको खण्डमा चीनको यस पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा प्रवेश गर्दा चीनको सैनिक पक्षको प्रतिक्रियाको विषयमा निकै ध्यान दिएको छ। यसप्रति प्रवक्ता याङ्गले "जन गणतन्त्र चीनको पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा अन्तरिक्ष यन्त्र निश्चित गर्ने नियम सम्बन्धी विज्ञप्ति"मा हवाइ क्षेत्रमा उडान भर्ने अन्तरिक्ष यन्त्रका लागि अन्तर्राष्ट्रिय नियमबमोजिम स्पष्ट नियम तोकिएको कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो: पुनःपुष्टी गर्नुपर्ने कुरा भनेको चीनले सधैं अन्तर्राष्ट्रिय कानूनबमोजिम विभिन्न मुलुकको उड्डयन स्वतन्त्रतालाई सम्मान गर्दै आएको छ। चीनको पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा रहेको अन्तर्राष्ट्रिय विमानहरूको सामान्य उड्डयनमा कुनै पनि असर पर्ने छैन।

           प्रवक्ता याङ्गले जानकारी दिनुभएअनुसार अन्तर्राष्ट्रिय कानून र नियमबमोजिम विदेशी अन्तरिक्ष यन्त्रले अर्को मुलुकको रक्षात्मक वायु मण्डलमा प्रवेश गर्नसक्छ। साथै रक्षात्मक वायु मण्डल भनेर तोकिएको मुलुकले यस क्षेत्रमा रहेको विदेशी अन्तरिक्ष यन्त्रलाई पहिचान गर्ने अधिकार छ।

           रक्षात्मक वायु मण्डल सार्वभौमिकता वायु क्षेत्र वा उड्डयन निषेधित क्षेत्र होइन भने राष्ट्रिय वायु रक्षाको सुरक्षाका लागि एक मुलुकको सार्वभौमिकता वायु क्षेत्र बाहिर तोकिएको हो।

            जापानी सञ्चार माध्यमअनुसार जापानी नेताले अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समाजसँग चीनलाई उक्त रक्षात्मक वायु मण्डल फिर्ता गर्न आग्रह गर्ने कुरा व्यक्त गरेको छ। यसप्रति प्रवक्ता याङ्गले यसरी भन्नुभयो; जापानले सन् 1969 मा आफ्नो रक्षात्मक वायु मण्डल तोकेको थियो। त्यसैले जापानले चीनको उक्त गतिविधिमा कुनै पनि टिप्पणी गर्ने अधिकार रहेको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह