फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाइ सहयोग संगठन प्रधानमन्त्रीस्तरीय सम्मेलनद्बारा आर्थिक तथा व्यापारिक र मानवीय सहयोग सम्बन्धी विषयमा सहमति

(GMT+08:00) 2013-11-30 17:44:16

             शाङ्गहाइ विश्व संगठनका प्रधानमन्त्री सम्मिलित बाह्रौं सम्मेलन यसै नोभेम्बर 29 तारिख उज्वेकिस्तानको राजधानी टाशकेन्टमा आयोजित भयो। यस सम्मेलनमा भाग लिएका विभिन्न पक्षले विश्व र क्षेत्रीय आर्थिक विकास सम्बन्धी व्यापक विषय, शाङ्गहाइ सहयोग संगठनको प्रारुपमा आधारित आर्थिक तथा व्यापारिक र मानवीय सहयोगबारेमा बैचारिक आदानप्रदान गरी सहमति पनि हासिल गरेका छन्।

            आर्थिक तथा व्यापारिक सन्दर्भमा अन्तर्राष्ट्रिय बैकिङ्ग संकटबाट उत्पन्न प्रभाव सम्पूर्ण हटिनसकेको परिस्थितिमा शाङ्गहाइ सहयोग संगठनको समष्टिगत अर्थतन्त्र निरन्तर र स्थिर रुपमा विकास भइरहेको छ। भविष्यमा यस संगठनले अर्थतन्त्र तथा व्यापार, बैंक, लगानी, विज्ञान, यातायात, सञ्चार, कृषि आदि क्षेत्रमा आपसी पारस्परिक सहयोगलाई विस्तार गर्ने सहमति ती प्रधानमन्त्रीस्तरीय सम्मेलनमा भएको छ।

           मानवीय सहयोगका क्षेत्रमा प्रधानमन्त्रीहरुले केही वर्षयता हासिल गरेको उपलब्धिको सक्रिय मूल्याङ्कन गरेर संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन आदि क्षेत्रका द्बिपक्षीय वा बहुपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्दै जाने अठोट व्यक्त गरेका छन्। ती प्रधानमन्त्रीहरुको मतैक्यता छ कि मन र मनबीचको दूरीलाई छोट्याउँदै सभ्य वार्ताको प्रवर्द्धनबाट शाङ्गहाइ सहयोग संगठनका जनताका लागि फाइदा पुर्‍याउन सकिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह