फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय राष्ट्रपतिद्बारा"अरुणाचल प्रदेश"को भ्रमण गरिएको विषयमा चीनको परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2013-11-30 17:45:36

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले भारतले सीमा क्षेत्रका समस्यालाई अझ चर्काउने खालका गतिविधि बन्द गर्नुका साथै सीमा क्षेत्रको सम्झौता-वार्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्ने आशा व्यक्त गर्नुभएको छ। तीस तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय राष्ट्रपतिद्वारा तथाकथित "अरुणाचल प्रदेश"को भ्रमण गरिएको विषयमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफमा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो।

             प्रवक्ता छिनका अनुसार, चीन र भारतबीच सिमानाको पूर्वी भागमा पर्ने विवादग्रस्त क्षेत्र सम्बन्धी चीनको अडान अडिग र स्पष्ट हुँदैआएको देखिन्छ। हाल दुवै देशबीचको सम्बन्धलाई विकास गर्ने राम्रो प्रवृत्तिलाई कायम राख्नुका साथै दुवै पक्षले मैत्रीपूर्ण छलफलको तरिकामार्फत सीमा समस्याको समाधान गरिरहेका छन्। भारतले चीनसँगै एकै दिशातर्फ लम्कनुका साथै द्बीपक्षीय सम्बन्धको सँरक्षण गरी साझा प्रयासमार्फत सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्ने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह