फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग तथा किर्गिजस्तानसहित तीनवटा मुलुकका प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2013-11-30 17:46:19

          शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्रीहरूको बाह्रौं सम्मेलन नोभेम्बर उन्नतीस तारिखका दिन उज्वेकिस्तानको राजधानी ताश्केन्टमा सम्पन्न भएको छ। सम्मेलनमा सहभागी विभिन्न पक्षहरूले सारा विश्व तथा क्षेत्रीय आर्थिक विकास र शाङ्गहाई सहयोग संगठन प्रारुपभित्रको आर्थिक तथा ब्यापारिक सहयोग आदि विषयबारे विस्तृत रुपमा वैचारिक आदान-प्रदान गरी मतैक्यता पनि प्राप्त गरेका छन्।

          चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले उन्नतीस तारिख दिउँसो ताश्केन्टमा बेग्ला बेग्लैगरी किर्गिजस्तानका प्रधानमन्त्री जान्तोरो सातिबाल्दिएभ, कजाकिस्तानका प्रधानमन्त्री सेरिक अखमेतोभ र ताज्किस्तानका प्रधानमन्त्री कोहिर रासुल्जोदासँग भेट-वार्ता गर्नुभएको छ।

          प्रत्युत्तरमा ती तीनवटा मुलुकका प्रधानमन्त्रीहरूले छुट्टाछुटै रुपमा चीनसँगै मिलेर द्बिपक्षीय सम्बन्ध, राजनीतिक पारस्परिक विश्वास र साझा हितका सहयोगलाई अझ उचाईंमा पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह