फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार-माध्यमद्बारा चीनका प्रधानमन्त्रीका छवटा प्रस्तावको उच्च मूल्याङ्कन

(GMT+08:00) 2013-11-30 18:29:52

            चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग उनन्तीस तारिखका दिन ताश्केन्टमा भएको शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्रीको बाह्रौं सम्मेलनमा प्रस्तुत गर्नुभएको प्रस्तावको उच्च मूल्याङ्कन गरिएको छ। विदेशी सञ्चार-माध्यम र विशेषज्ञहरूका अनुसार, प्रधानमन्त्री लीले शाङ्गहाई सहयोग संगठनको वास्तविक सहयोगलाई गहन पार्नका लागि प्रस्तुत गर्नुभएको छ बुँदे प्रस्तावले शाङ्गहाई सहयोग संगठनका लागि अझ उज्ज्वल भविष्य कोरेको छ। साथै शाङ्गहाई सहयोग संगठनद्बारा विभिन्न क्षेत्रमा रहेको सहयोगलाई मजबुत पार्ने कुराबाट त्यस क्षेत्रका विभिन्न देश पनि लाभान्वित हुनेछन्।

           कजाकिस्तानका लागि अन्तर्राष्ट्रिय मामिला सम्बन्धी विशेषज्ञ एल्नारा बाइनाजारोभाका अनुसार, प्राचीन सिल्क रोडमा यातायातको करिडोरको निर्माण गर्ने कुराबाट त्यस क्षेत्रको आर्थिक विकास र आधारभूत प्रबन्धको निर्माणलाई अघि बढाइनेछ। साथै कजाकिस्तानका लागि नयाँ रोजगारी अवसर र नयाँ लगानी पनि भित्र्याउन सकिनेछ।

             इन्फोर्मेशन टेलिग्राफिक एजेन्सी अफ रसिया, रिआ नोभोस्टी र उज्वेकिस्तानको "नारोदनोए स्लोभो" आदि सञ्चार-माध्यमहरूले बितेका दुई दिन शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्रीहरूको बाह्रौं सम्मेलन र प्रधानमन्त्री ली ख छ्याङ्गको भ्रमणबारे श्रृंखलाबद्ध रिपोर्टिङ्ग गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह