फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीद्बारा शाङ्गहाइ सहयोग संगठनको प्रधानमन्त्री स्तरीय बाह्रौं सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2013-11-30 18:36:12

            चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले नोभेम्बर 29 तारिखका दिन शाङ्गहाइ सहयोग संगठन सदस्य मुलुकको प्रधानमन्त्रीस्तरीय बाह्रौं सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। यस सम्बोधनमा लीले परिवर्तनलाई आत्मसात गर्दै परम्परागत चलनलाई कायम राख्नुका साथै सहयोगात्मक शैलीको विस्तार गर्दै संयुक्त रुपमा चुनौतीको सामना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

            यसका अतिरिक्त प्रधानमन्त्री लीले यस सम्मेलनमा भाग लिएका सबै अतिथिसमक्ष चीनको विकास तथा सुधार सम्बन्धी परिस्थितिबारे जानकारी पनि दिनुभएको छ। उहाँका अनुसार चालू वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र स्थिर रुपले विकसित हुँदै आएको छ। यस वर्षको कूल गार्हस्थ उत्पादन मात्रा अर्थात् जी डी पी बृद्धि दरलाई 7.5 प्रतिशतसम्म पुर्‍याउने जस्ता आर्थिक तथा सामाजिक विकासको पूर्वानुमान गरिएका मुख्य उद्देश्यहरु सबै साकार तुल्याउनुपर्ने आवश्यकता छ। चीनले आर्थिक प्रणालीको सुधारलाई अझै गहन पार्नुका साथै सन्तुलित रुपमा सरकारको भूमिका सिर्जना गर्दै बजारलाई ऊर्जास्रोतको विभाजनमा केन्द्रीय प्रभावकारी शक्तिको रुपमा बिकास गर्दै जानेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह