फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नोभेम्बरमा चीनको उत्पादन व्यवसायको पीएमआई 51.4 प्रतिशत

(GMT+08:00) 2013-12-01 17:51:05

           चीनको सामान वितरण मसलन्द तथा खरिद संघ र राष्ट्रिय तथ्याङ्क व्युरोअन्तर्गत सेवा व्यवसाय सर्भेक्षण केन्द्रले आइतबार विहान सन् 2013 नोभेम्बर महिनामा चीनको उत्पादन व्यवसायको पि एम आई अर्थात् खरिद व्यवस्था सूचकाङ्क 51.4प्रतिशत पुगेको सार्वजनिक गरेका छन्। यो अंक यसै वर्षको अक्टोबर महिनाको हाराहारीको हो जसबाट चीनको अर्थतन्त्रको स्थिर विकास प्रवृत्ति आधारभूत रुपमा स्थापित भएको प्रतिबिम्बित भएको छ।

            आर्थिक टिप्पणीकर्ता चाङ्ग लि छुनले नोभेम्बर र अक्टोबरका पि एम आई बराबर भएबाट भावि चीनको आर्थिक बृद्धि दर समष्टिगत स्थिर रुफमा विकसित हुने प्रस्ट भएको ठहर गर्नुभएको छ। उहाँका अनुसार व्यवसायको मैत्री पूर्वानुमान, लगानी, उपभोग, निर्यात आदि बजारमूलक मागबाट हेर्दा अर्थतन्त्रको स्थिर विकास प्रवृत्ति आधारभूत रुपमा स्थापित भएको देखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह