फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"कायरो घोषणा पत्र"मा लेखिएका शर्त लागू हुनुपर्ने जनदैनिक अखवारको टिप्पणी

(GMT+08:00) 2013-12-01 17:51:28

           अन्तर्राष्ट्रिय समस्या सम्बन्धी विशेषज्ञ लो युआनले डिसेम्बर एक तारिखका दिन छापिएको जन दैनिक अखवारमा एउटा लेख प्रकाशित गरी"कायरो घोषणा पत्र"मा लेखिएका शर्त लागू हुनुपर्ने बताउँदै वास्तविक रुपमा "कायरो घोषणा पत्र"को पालना गर्न जापान सरकारको कार्यभार भएको औंल्याउनुभएको छ।

          उक्त लेखमा भनिएको छ: ग्रिनविच समयअनुसार सन् 1943 को डिसेम्बर एक तारिख राति साढे एघार बजेतिर चीन, अमेरिका र बेलायत यी तीनवटा मुलुकका सरकारी प्रमुखबीच कायरो सम्मेलनमा सम्पन्न "कायरो घोषणा पत्र"लाई एकै समयमा छोङ्ग छिङ्ग, वाशिण्टन र लण्डन आदि ठाउँमा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो। बितेका सत्तरी वर्षयता विश्व युद्धपछि जापानी अतिक्रमणकारी समस्याको समाधान गरिने र एशिया प्रशान्त क्षेत्रको शान्ति र सुरक्षालाई सुनिश्चितता दिइने महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेजको हैसियतले "कायरो घोषणा पत्र"को अर्थ र प्रभाव झन् गहिरो र महत्वपूर्ण हुँदैआएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह