फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ्ग व्हो नम्बर तीन कार्यभारसम्बन्धी सबै तयारी कार्य पूरा

(GMT+08:00) 2013-12-01 17:51:57

           छाङ्ग व्हो नम्बर तीन अन्तरिक्ष यानले यस महिना अर्थात् डिसेम्बर दुई तारिख विहान एक बजेर तीस मिनेट जाँदा सी छाङ्ग उपग्रह प्रक्षेपण केन्द्रमा प्रक्षेपण गरिने भएको छ। यस कार्यभारको नियन्त्रण तथा सञ्चार निर्देशन विभागका प्रमुख निर्देशक छन ह्वौं मिनले यस कार्यभारका सबै तयारी कार्य पूरा भइसकेको जानकारी दिनुभएको छ।

           छाङ्ग व्हो नम्बर तीन कार्यभार चीनको अन्तरिक्ष यानले पृथ्वी बाहिरको ग्रह सफ्ट अवतरण गर्न लागेको पहिलो पटक हो भने यो नै चीनको अन्तरिक्ष इतिहासमा सबैभन्दा जटिल र गाह्रो अभियान हो। पैचिङ्ग अन्तरिक्ष उड्डयन नियन्त्रण केन्द्रका मुख्य इन्जिनियर चौ च्यान ल्याङ्गले जानकारी दिनुभएअनुसार छाङ्ग व्हो नम्बर तीन कार्यभारसँग तीन उच्च विन्दू रहेका छन्। यी तीन उच्च विन्दू भनेका नयाँ प्रविधिमा समाधान गर्ने उच्च क्षमता, जटिल सीमिततामा उड्डयनको उच्च नियन्त्रण, अवतरण यन्त्र र जाँचबुझ यन्त्रबीचको उच्च संयोजन स्तर रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह