फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गद्बारा एड्स निवारण र उपचारमा संलग्न कर्मचारी तथा रोगीहरूप्रति सन्देश

(GMT+08:00) 2013-12-01 17:52:21

         छब्बीसौं विश्व एड्स दिवसको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली ख छ्याङ्गले पैचिङ्ग यौ आन अस्पताललाई चिठी पठाउँदै एड्स निवारण र उपचार क्षेत्रमा कार्यरत् अधिकांश चिकित्सा व्यक्तिहरू, आधारभूत तहका कर्मचारीहरू, सामाजिक संस्थाहरु र स्वयम सेवकहरूप्रति कृतज्ञता प्रकट गर्नुभयो। साथै उहाँले एड्स विरुद्ध सँघर्ष गरिरहेका संक्रमितहरूलाई उत्साह र प्रेरणा पनि दिनुभएको छ।

           प्रधानमन्त्री लीको वारिसमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य, उप प्रधानमन्त्री एवम् राज्य परिषद् अन्तर्गत एड्स निवारण र उपचार कार्य-समितिका प्रमुख लिउ येन तुङ्गले एक तारिखका दिन पैचिङ्ग यौ आन अस्पतालमा प्रधानमन्त्री लीको चिठीलाई हस्तान्तरण गर्नुभएको थियो। उहाँले एड्स निवारण र उपचार कार्यको निरीक्षण गर्नुका साथै एड्स संक्रमितहरूसँग भलाकुसारी गर्नुभएको छ।

          आफ्नो चिठीमा प्रधानमन्त्री लीले एड्स प्रभावित व्यक्तिहरूप्रतिको हेलाँ भावलाई हटाएर उनीहरूको उचित हक-अधिकारलाई सुनिश्चित गर्न पनि आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह