फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एड्स संक्रमण निवारण र उपचार कार्यलाई अझै सबल पारिने राष्ट्राध्यक्ष सी चिन फिङ्गको भनाई

(GMT+08:00) 2013-12-01 17:52:47

          डिसेम्बर एक तारिखका दिन विश्व एड्स दिवस हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्री समितिका महासचिव एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका राष्ट्राध्यक्ष सी चिन फिङ्गले हाल "एड्स निवारण र उपचारको कार्य अवस्था सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत पैचिङ्ग शहर समितिको प्रतिवेदन"बारे महत्वपूर्ण निर्देशन दिनुभएको छ।

           उहाँले एड्स संक्रमण नियन्त्रण र उपचार कार्य राम्ररी गर्ने कुरा जनताको स्वास्थ्य र समस्त समाजको मेलमिलाप तथा स्थिरतासँग सम्बन्धित रहेको मात्र नभई पार्टी र सरकारको दायित्वपूर्ण कर्तव्य भएको कुरामा जोड दिनुभएको छ।

           बितेको एक वर्षयता पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्व बमोजिम विभिन्न क्षेत्रका विभिन्न तहका एकाई संस्थाहरूले अनेकन् कदमलाई व्यवहारमा उतारेर ग्यारण्टीको परिधिलाई बढाई एड्स निवारण र उपचार कार्यमा नयाँ प्रगति हासिल गरेका छन्। यसबाहेक, केन्द्रीय बैंकिङ्ग संस्थाले एड्स निवारण र उपचार कार्यतर्फको बित्तीय समर्थनलाई पनि प्रबर्द्धन गरेको बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह