फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाका दुई ठूल विमान कम्पनीद्बारा चीनसमक्ष पूर्वी समुद्री रक्षात्मक हवाइ क्षेत्रमा उड्डयन सम्बन्धी योजना पेश

(GMT+08:00) 2013-12-01 17:53:15

             अमेरिकाका दुई ठूला विमान कम्पनी अर्थात् अमेरिका एअरलाइन र डेल्टा एअरलाइन्सले नोभेम्बर तीस तारिखका दिन एकपछि अर्को गरी चीनसमक्ष पूर्वी समुद्री क्षेत्रस्थित चीनको रक्षात्मक हवाइ क्षेत्रमा उड्डयन सम्बन्धी योजना पेश गरेका गरेका छन्।

            यी दुई विमान सेवाले अमेरिकी राज्य परिषदद्बारा सार्वजनिक गरिएको "अमेरिकी विमान कम्पनीद्वारा चीनको पूर्वी समुद्री रक्षात्मक वायु मण्डलमा उड्डयनका लागि निश्चित गरिएको निर्देशिका"बमोजिम उक्त प्रस्ताव योजना पेश गरेका हुन्। यस निर्देशिकामा अमेरिकी सरकारले स्वदेशी विमान सेवाले विदेशी मुलुकको उड्डयन नियमलाई पालना गर्ने अपेक्षा गरिएको छ तर पनि यसबाट अमेरिकी सरकारले चीनद्बारा पूर्वी समुद्री रक्षात्मक हवाइ क्षेत्र तोकिएको विषयलाई भने स्वीकार गरेको अभिव्यक्त भएको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह