फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भैरहवास्थित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नतिको आवश्यक प्रकृया सुरु

(GMT+08:00) 2013-12-01 17:59:55

          भैरहवास्थित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा विकाश गर्नका लागी आवश्यक प्रकृया सुरु भएको छ। सरकारले बिमानस्थल स्तरोन्नतिका लागि बोलपत्र (टेन्डर) आब्हान गरेपछि भैरहवाको गौतमबुद्ध बिमानस्थल को स्तरोन्नति गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा बिकास गर्ने कार्य औपचारीक रुपमा सुरु भएको हो।

          अब टेन्डर आह्वान भएको छ,भैरहवाबासीको प्रतिक्षाको घडी समाप्त भएको छ,हामीहरु निर्माण प्रकृयामा अघि बढयौ, गौतमबुद्ध बिमानस्थल स्तरोन्नति परियोजनाका निर्माण आयोजना प्रमुख मुरारी भन्डारीले बताउनुभयो। टेन्डर(बोलपत्र) आह्वान भएको छ,11 जनवरी 2014 सम्म (45 दिन) भित्र बोलपत्र दाखीला गर्न पाईनेछ र त्यस पछी ऋण उपलब्ध गराएको एशियाली बिकास बैंक तथा नागरीक उड्यन प्राधिकरणका पदाधिकारीले बिस्तृत छलफल पछी योग्य निर्माणकर्ता (ठेकेदार कम्पनि)को चयन गरी 2014 को मे सम्म भौतिक निर्माणको काम सुरु गर्ने लक्ष्य लिएका छौ, भन्डारीले भन्नुभयो।

          प्रथम चरणमा बिमानस्थलको 3 हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन, आन्तरिक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरुका लागी टेन्डर आब्हान भएको छ। भौतिक निर्माणको काम सकिए लगत्तै भवन तथा धानमार्गमा जडान गर्न आबश्यक पर्ने बिभिन्न उपकरण,बिद्युतिय सामग्री का लागि दोश्रो प्याकेजमा टेन्डर आब्हान गरिने आयोजना प्रमुख भन्डारीले जनाउनुभयो।

              त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको बैकल्पिक बिमानस्थलका रुपमा स्तरोन्नति गरिन लागेको प्रस्ताबित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य सन् 2017 को जुन 2 तारिखसम्म सम्पन्न गर्ने लक्ष्य नागरीक उड्यन प्राधिकरणको रहेको कारोबार अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह