फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अंग्रेजी नयाँ वर्षको अवसर पारेर 'पोखरा सडक महोत्सव' हुने

(GMT+08:00) 2013-12-01 18:00:32

          अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान)ले पुस दोस्रो साता 'पोखरा सडक महोत्सव' आयोजना गर्ने भएको छ। यसपालि महोत्सवको 15 औं संस्करण हुनेछ।

         महोत्सव पुस 13 देखि 17 गतेसम्म मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको फिस्टेल गेटदेखि डिहिको पाटनसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा चल्ने रेबान अध्यक्ष गोपी भट्टराईले बताउनुभयो।

         'सडकमै खाउँ, सडकमै नाँचौ, सडकमै रमाऔं' भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा 75 वटा रेस्टुरेन्टका स्टल सडकमै राखिनेछन्।

         'सडकमा कुर्सी, टेबल निकाली रेस्टुरेन्ट सञ्चालन गरिनेछ,' महोत्सवका संयोजक बलराम पहारीले भन्नुभयो। नेपाल घुम्न आएका पर्यटक नयाँ वर्ष मनाउन अन्त जानु नपरोस् भनी महोत्सव सञ्चालनको परम्परा सुरु भएको हो।

            त्यस अवसरमा नेपाली कला, संस्कृति प्रदर्शनीका साथै लाइभ म्युजिक कन्सर्ट पनि आयोजना हुन्छ। महोत्सवले पोखराका रेस्टुरेन्टको खानाको गुणस्तरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउनसमेत सघाउने भट्टराईले बताउनुभयो। महोत्सवका अवसरमा रेस्टुरेन्टले नियमित मेनुमा 10/15 प्रतिशत छुट दिने जानकारी उहाँले दिनुभएको नागरिकन्यूज डक कमले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह