फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सतबीज छरेर बाला चर्तुदशीमा मनाइयो

(GMT+08:00) 2013-12-02 18:15:18

         आज बाला चर्तुदशी नेपालका हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा सतबीज छरेर मनाएका छन्।

         पशुपतिनाथको मन्दिर लगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको थियो। आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ।

         सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ। वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेषमान्तक वनमा सतबीज छरी परिक्रमा गर्दै आज बालाचतुर्दशी पर्व मनाइने गरिन्छ।

         हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ। बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको सतबीज दिवंगत भएकाहरूका लागि खानेकुरा रोपिएको भन्ने लोककथन छ। सतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ। बालाचतुर्दशीमा एक गेडा सतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह