फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले लालीगुराँसको पेटेन्ट राइट दर्ता गर्ने

(GMT+08:00) 2013-12-02 18:15:49

        नेपाल सरकारले आफ्नो मुलुकमा पाइने लालीगुराँस फूलसहित अन्य फूलका प्रजातिहरुको पेटेन्ट राइट दर्ता गर्ने तयारी छ। अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय मानिने नेपालका मौलिक जातका फूलहरु चोरी हुने क्रम बढेपछि पेटेन्ट राइट दर्ता प्रक्रिया थालिएको हो।

         पेटेन्ट भन्नाले जुन देशमा कुनै पनि वस्तुको उत्पति भएको छ, त्यसैले कानुनी रुपमा स्वामित्व ग्रहण गर्नका लागि सरकारी निकायमा दर्ता गर्ने कार्य हो। पेटेन्ट दर्ता गरेपछि त्यो सम्पत्तिको अधिकार पनि त्यही मुलुकलाई हुन्छ। यसको अनुमतिबिना त्यो बस्तु उत्पादन, प्रयोग र बिक्री गर्न पाइदैन्।

          नेपाल सरकारले पारित गरेको पुष्प प्रवर्द्धन नीतिअन्तर्गत यस्तो प्रक्रियाको सुरुआत गरेको हो। सरकारले अघिल्लो मंसिरमा पुष्प प्रवर्द्धन नीति स्वीकृत गरेको थियो । नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का उपाध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार पेटेनट राइट नहुँदा विभिन्न जातका मूल्यवान फूलका विरुवा चोरी हुने क्रम बढेकाले यसको दर्ता प्रक्रिया सुरु गरिएको हो। विभिन्न मुलुकबाट आएका पर्यटकले अन्तर्राष्ट्रिय बजारमा मूल्यवान् मानिने मौलिक जातका फूलको बिरुवा लगेर आफ्नो मुलुकको उत्पादन हो भन्दै पेन्टेट राइत दर्ता गरेपछि सरकार गम्भीर भएर यो प्रक्रियालाई अघि बढाएको हो।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह