फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ छाङ्ग अ तीन नम्बरको सर्भेक्षण यन्त्रको प्रक्षेपणमा विदेशी चासो

(GMT+08:00) 2013-12-02 11:16:29

         सन् 2013 डिसेम्बर दुई तारिख बिहान चिनियाँ स्थानीय समय साढे एक बजे छाङ्ग अ तीन नम्बरको सर्भेक्षण यन्त्रको सफल प्रक्षेपण गरिएको छ। सर्भेक्षण यन्त्रले चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने र निरिक्षण तथा जाँच्बुझ गर्न लागेको यो पहिलो पटक हो। अन्तर्राष्ट्रिय समाजले उक्त कार्यक्रममाथि उच्च ध्यान दिएका छन्।

          बीबीसीले चिनियाँ छाङ्ग अ तीन नम्बरको चन्द्रमाको अन्वेषण यन्त्रको प्रक्षेपणबारे समाचार सम्प्रेषण गरेको छ। समाचारका अनुसार यो यन्त्र चन्द्रमा सफलतापूर्वक अवतरण गरेका चीनको अन्तरिक्ष अन्वेषण सम्बन्धी योजनाको महत्वपूर्ण कदमका रुपमा लिइनेछ। बेलायतको द गार्जियन पत्रिकाले पनि सो यन्त्रको सफलताले अमेरिका र पूर्व सोवियत संघपछि चीन चन्द्रमामा सफल अवतरण गर्ने तेस्रो मुलुक हुने उल्लेख गरेको छ।

         रुसी विभिन्न सञ्चारमाध्यमले पनि चीनको यो कार्यका बारेमा समयमै समाचार सम्प्रेषण गरेका छन्। रुसी वैज्ञानिक र प्राविधिक सूचना सञ्जालले चिनियाँ छाङ्ग अ तीन नम्बरलाई चन्द्रमा पुगेको पहिलो चिनियाँ सर्भेक्षण यन्त्र भनिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह