फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 'छाङअ तीन नम्बर सर्भेक्षण यन्त्र'को सफल प्रक्षेपण

(GMT+08:00) 2013-12-02 09:18:50

          डिसेम्बर दुई तारिख विहान सबेरै 2 बजेर 21 मिनेट जाँदा 'छाङअ तीन नम्बर सर्भेक्षण यन्त्र' निर्धारित मार्गमा प्रवेश भएको छ। यो यन्त्रको सफल प्रक्षेपण भएको प्रतीक हो र 'छाङअ तीन नम्बर सर्भेक्षण यन्त्र' चन्द्रमा पुग्ने क्रममा एक महत्वपूर्ण पाइला मानिन्छ। उक्त समाचार चीनको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट सार्वजनिक गरिएको हो।

         डिसेम्बर छ तारिख उक्त यन्त्र चन्द्रमा नजिक पुग्ने र चन्द्रमाको मार्गमा प्रवेश हुने अनुमान गरिएको छ।

          चन्द्रमाको अन्वेषण गर्ने योजनाको दोस्रो चरण स्वरुप 'छाङअ तीन नम्बर सर्भेक्षण यन्त्र' ले चिनियाँ यन्त्र पहिलो पटक पृथ्वी बाहिरका खगोलका पिण्डहरुमा उत्रने र अन्वेषण गर्ने कामलाई व्यवहार उतार्ने छ।

          प्राप्त जानकारी अनुसार, हालसम्म 'छाङअ तीन नम्बर सर्भेक्षण यन्त्र' बाहेक विश्वमा जम्मा गरी 1 सय 29 पटक गरी चन्द्रमाको अन्वेषण तथा सर्भेक्षण गतिविधि गरिसकेको छ र ती गतिविधिकोव सफल दर 51प्रतिशत मात्र रहेको छ। विश्वमा अमेरिका तथा पूर्व सोभियत संघका यन्त्रले तेह्र पटक गरी चन्द्रमा उत्रेका छन्। 'छाङअ तीन नम्बर सर्भेक्षण गर्ने यन्त्र' चन्द्रमामा उत्रने सफल भएमा चीन विश्वमा चन्द्रमामा उत्रने तेस्रो मुलुक बन्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह