फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बैड्ककको जुलुस प्रदर्शन जारी

(GMT+08:00) 2013-12-02 15:19:34

        थाइल्याण्डको बैङ्ककका सडकमा सरकार विरोधी जुलुसप्रदर्शन आज पनि जारी रहेको छ। सरकार विरोधी जुलुस प्रदर्शनका एकजना नेताले उनीहरुको उद्देश्य प्रधानमन्त्री भवन, बैङ्ककको प्रहरी व्यूरोको कार्यालय र संसद भवन केन्द्रित रहेको बताए।

          थाइल्याण्डका उप प्रधानमन्त्री एवम् विदेश मन्त्री सुरापोङ तोभिचक चइकुलले आज विहान शान्तिपूर्ण उपायमार्फत राष्ट्रिय संकटको समाधान गर्ने औंल्याउनुभएको छ। आज आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्री सुरापोङले हालै जारिरहेको सरकार विरोधी जुलुस प्रदर्शनबाट आर्थिकअवस्था ध्वस्त भएको बताउनुभयो।

          बैङ्कक प्रहरीका अनुसार, गत हप्तादेखि शुरु भएको जुलुस प्रदर्शनमा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अरु एक सय 27 जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह