फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नव लागेको एड्स रोगीमध्ये नब्वे प्रतिशत यौन-क्रियाबाट: चीन सरकार

(GMT+08:00) 2013-12-02 18:21:14

        हिजो डिसेम्बर एक तारिख छब्बीसौँ "विश्व एड्स दिवस" हो। चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजनका अनुसार, गत सेप्टेम्बर तीस तारिखसम्म चीनमा एड्स संक्रमित व्यक्ति र रोगीको संख्या चार लाख चौँतीस हजार पुगेको छ। साथै गत जनवरीदेखि सेप्टेम्बरसम्म चीनमा थपिएका एड्स संक्रमित व्यक्तिमध्ये लगभग नब्बे प्रतिशत यौन-क्रियाकलापमा सम्लग्न रहेको बताइएको छ। यसबाहेक एड्स संक्रमित व्यक्तिमा युवा र विश्वविद्यालयका विद्यार्थीको संख्या पनि बृद्धि हुँदैछ भने एड्स नियन्त्रण तथा प्रतिरोध गर्न कडा चुनौति देखा परेको छ।

         अहिले रगतबाटभन्दा यौन-क्रियाकलापबाट एड्स फैलिन थालेको छ र चीनमा एड्स फैलिने मुख्य माध्यम असुरक्षित यौन कार्य बनेको छ। चीनको स्वास्थ्य तथा परिवार योजनाका उप-प्रमुख छ्वी लीका अनुसार, फैलिने उपाय परिवर्तन भएबाट चीनको एड्स नियन्त्रण तथा प्रतिरोध कार्य ठूलो चुनौति बनेको छ। उहाँले भन्नुभयो-

         चीनमा एड्स फैलिने उपाय पहिलाभन्दा ठूलो परिवर्तन भएको छ। गत जनवरीदेखि सेप्टेम्बरसम्म एड्स संक्रमित व्यक्ति र लागेको रोगीको संख्या सत्तरी हजार पुगेको थियो तीमध्ये लगभग नब्बे प्रतिशत यौन-क्रियाबाट फैलिएको हो।

         एड्स फैलिने माध्यम परिवर्तन भएपछि चीनको एड्स महामारी उच्च जोखिम समूहबाट सामान्य समूहसम्म फैलिएको छ। हाल एड्स लागेको समूहमा लागू पदार्थ खानेजस्तो उच्च जोखिम समूह मात्रै समावेश नभई फैलिने माध्यम अझै गोप्य भएको, संक्रमित व्यक्ति समूह अझै विस्तृत तथा फैलिएको भएकाले नियन्त्रण तथा प्रतिरोध गर्न निकै गाह्रो छ। चीनको रोग नियन्त्रण तथा प्रतिरोध केन्द्रका प्रमुख वाङ युले जानकारी दिएअनुसार, हाल रगत र मातृ-शिशु मार्फत फैलिने नियन्त्रण गरेबाट चीनले स्पष्ट उपलब्धि हासिल गरेको छ र भविष्यमा यौन-क्रियाबाट फैलिने कार्यलाई नियन्त्रण कार्य अझ प्रभावकारी बनाउनेछ। उहाँले अगाडि भन्नुभयो-

         रगतबाट फैलिने एड्सलाई नियन्त्रण कार्यबाट राम्रो उपलब्धि हासिल भएको छ। सामान्य रगतको माध्यमबाट एड्स लागेको अवस्था आधारभूत रुपमा देखिँदैन र त्यस्को नियन्त्रण गर्न सजिलो छ। अझै कहाँसम्म भने लागू पदार्थ सेवन गर्ने समूहका लागि पनि नियन्त्रण गर्न सजिलो छ। तर यौन-क्रियाबाट फैलिने अवस्थालाई भने हामीले नियन्त्रण गरेपनि यो छिटो फैलिँदै जान्छ। धेरै मुलुकसमक्ष यस्तो समस्या देखिएको छ। अझ एड्स लागेको दर कम भएको जापानको लागि पनि यस्तो अवस्था विद्यमान छ। त्यसैले भविष्यमा हामीले यससम्बन्धी अध्ययन र हस्ताक्षर गर्न अरु बढाउनुपर्छ।

          प्राप्त जानकारीअनुसार, हाल पुरुष समलिङ्गीबीचको यौन-क्रियाबाट एड्स लागेको रोगीको संख्या स्पष्ट रुपमा बढेको छ। चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार योजनाको एड्स प्रयोगशालाका प्रमुख शाङ हुङका अनुसार, सम्बन्धित जाँच र विश्लेषणबमोजिम पुरुष समलिङ्गीमध्ये एड्स लागेको संख्या क्रमशः बृद्धि भएको प्रवृत्ति देखिएको छ।–

         सन् 2008 राष्ट्रिय प्रतिवेदनका अनुसार पन्ध्रदेखि चौबीस वर्षको उमेरका विद्यार्थीमध्ये एड्स लागेको संख्या 0.9 प्रतिशत मात्रै पुगेको थियो भने सन् 2012 उक्त संख्या 1.7 प्रतिशत पुगेको थियो। यसबाहेक विश्वविद्यालयका विद्यार्थीमध्ये सत्तरी प्रतिशत पुरुष समलिङ्गी यौन-क्रियाबाट फैलिएको हो। साथै अर्को सूचिका अनुसार, विश्वविद्यालयका संक्रमितमध्ये पन्चान्नब्बे प्रतिशत पुरुषहरु रहेका छन्।

        विश्व एड्स दिवसको उपलक्ष्यमा चीनका विभिन्न क्षेत्रले विभिन्न माध्यममार्फत एड्स रोगीलाई आ-आफ्नो सद्भाव ज्ञापन गरेका छन्। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पेइचिङमा आयोजित सम्बन्धित कार्यक्रममा एड्स रोगीसँग हात मिलाउनुभयो। साथै चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि एड्स प्रतिरोध गर्ने चिकित्सक, आधारभूत तहका कर्मचारी, स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्नुभयो र एड्स रोगीलाई प्रोत्साहन गर्नुभयो।

          साथै चीनका विभिन्न स्थानमा पनि सम्बन्धित कार्यक्रम आयोजना गरी मनाइएको छ। रन मिन विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठनको एड्स नियन्त्रण तथा प्रतिरोध दूत फङ ली युआनले स्वयंसेवकसँग एड्सको नियन्त्रण तथा प्रतिरोध गर्न सारा समाजलाई आह्वान गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह