फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग र बेलायतका प्रधानमन्त्री डेभीड क्यामरुनबीच भेट-वार्ता

(GMT+08:00) 2013-12-02 19:58:39

        चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगले आज पैचिंगमा बेलायती प्रधानमन्त्री डेभीड क्यामरुनसँग भेट-वार्ता गर्नुभएको छ।

        सो भेटमा राष्ट्राध्यक्ष सीले विश्वका लागि चीन र बेलायतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले दुवै पक्षको सहयोगको निश्चित शक्ति व्यापक रहेको पनि औँल्याउनुभयो। उहाँले दुवै पक्षले आपसी विश्वास बढाएर दुवै मुलुक बीचको दीर्घकालीन स्वस्थ विकासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

        प्रधानमन्त्री क्यामरुनले चीनको विकासमा चिनियाँ जनताको अथक परिश्रम रहेको र त्यस्तो कार्य विश्वका लागि महत्वपूर्ण अर्थ रहेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह