फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हवाई भाडा घटाउन मुगुबासीको आग्रह

(GMT+08:00) 2013-12-03 18:17:29

         एक सातादेखि नेपालगञ्ज र सुर्खेतदेखि मुगुको ताल्चा विमानस्थलमा हवाई उडान गर्ने निजी कम्पनीले एकतर्फी भाडा बढाएपछि स्थानीयले विरोध गरेका छन्। एउटा इन्जिन भएका पिलाटस जहाजले मनपरि हवाइ भाडा असुल गर्न थालेपछि स्थानीयवासी र यात्रुलाई सुलभ सेवा प्रदान गर्न हवाइ भाडा घटाउन माग गरिएको हो।

         मनपरि भाडा लिन थालेपछि शनिबार जिल्ला सदरमुकाम गमगढीमा बसेको सर्वपक्षीय बैठकले विमानस्थल हवाई सेवा अध्ययन तथा अनुगमन कार्यदल गठन गरी भाडा पुनरावलोकन गर्ने निर्णय गरेको थियो। आइतबार विमानस्थलमा पुगेको कार्यदलले बढी भाडा असुलिरहेका गोमा, काष्ठमण्डप र मकालु एयरलाई तत्काल तारा एयर र नेपाल बायु सेवा निगमका जहाजले लिने भाडाअनुरुप समायोजन गर्न पत्राचार गर्ने निर्णय गरेको छ।

         सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीको संयोजकत्वमा जिल्लाका राजनितिक दलहरू, उद्योगी व्यापारी , पत्रकार सम्मिलित कार्यदलले ताल्च विमान स्थलमा गत आइतबार जहाजका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो।

          बैठकमा टिकट विक्रि काउन्टर सदरमुकाम गमगढीमा नहुँदा हवाई यात्रुहरूले सहज सेवा पाउन नसकेका, चार्टरका नाममा यात्रुबाट चर्को भाडा असुल भएको भन्दै टिकट विक्री काउनटर गमगढीमा राख्ने निणर्य गरेको छ। यात्रु तथा सामान नभएकाले सहुलियत उडान गर्न समस्या हुँदा चार्टर उडान गर्नु परेको निजी विमान कम्पनीका प्रतिनिधिले बताएका थिए। चार्टर गर्ने यात्रुले विमान कम्पनिसँग स्वच्छाले मंहगो हवाई भाडा तिर्न सहमत हुने भएकाले नेपाल नागरिक उड्डयन कार्यालयले केही गर्न नसक्ने नागरिक उड्यन कार्यालय मुगुका प्रमुख भिमदत्त पन्तले बताउनुभयो।

          कारोबार अनलाईनका अनुसार यति एयरलाइन्सले मुगुको ताल्चा विमानस्थलमा उडान भर्दा यात्रुसंग मनपरी भाडा असुल गरिएको छैन। एयरलाइन्सले सोमबार विज्ञप्ती जारी गरी आइताबार सञ्चार माध्यामा हवाई टिकटमा मनपरी भाडा शिर्षक समाचार प्रति गम्भीर ध्यानककर्षण भएको समेत उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह