फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकामा अवतारी बाबु छोराको "तिब्ब्त सम्बन्धी फोटो प्रदर्शन"

(GMT+08:00) 2013-12-03 16:20:07

        अवतारी बाबुछोराको "तिब्बत सम्बन्धीत फोटो प्रदर्शन" हालै श्रीलंकाको पूरानो राजधानी काण्डी दिसा नायकेमा शुरु भएको थियो। श्रीलंकाका प्रधानमन्त्री डी एम जयारत्नेले सो फोटो प्रदर्शनको उद्घाटन गर्दै तिब्बतको शान्तिपूर्ण मुक्तिपछि प्राप्त विकासलाई उच्च मूल्याङ्कन गर्नु भएको छ।

       उहाँले अवतारीद्वय दमु तान चङ च्या छो बाबु छोराको फोटोबाट श्रीलंकाका जनताले तिब्बतका बारेमा अझ बढी जानकारी प्राप्त गर्ने बताउनुभयो।

        श्रीलंकाका लागि चिनियाँ राजदूत उ च्याङ हाउले सन् 1951 मा तिब्बतको दासप्रथालाई शान्तिपूर्ण उन्मुलन गरेपछि चिनियाँ कम्युनिष्ट पार्टीको मद्दतमा तिब्बतको आर्थिक द्रुत गतिले विकास भएको,तिब्बती जनताको जीवनस्तरमा उच्च सुधार भएको, परम्परागत संस्कृति र वातावरण राम्रो संरक्षण भएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह