फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 चीनको आर्थिक लक्ष्य 2013 पूरा हुने अनुमान

(GMT+08:00) 2013-12-03 11:21:44

       सन् 2013मा चीनको अर्थतन्त्रको स्थिर बृद्धि भएको र सम्बन्धित नीतिको प्रभावकारी नतिजा क्रमशः देखिएको छ। चीन राष्ट्रिय सूचना केन्द्रले हिजो दुई तारिख पैचिङमा एक प्रतिवेदन सार्वजनिक गरी चीनको जी.डी.पी. अर्थात् कूल गार्हस्थ्य उत्पादन बृद्धि दर 7.6 प्रतिशत हुने अनुमान गरेको छ। साथै उपभोक्ता मूल्य सूचीको बृद्धि दर 2.7 प्रतिशत हुने अड्कल पनि गरिएको छ। जसले गर्दा निर्धारित सन् 2013को आर्थिक लक्ष्य पूरा हुने जनाइएको छ।

         चीन राष्ट्रिय सूचना केन्द्रले अनुमान गरे अनुसार, सन् 2013 मा चीनको जी.डी.पी.को बृद्धि दर 7.6 प्रतिशत हुने छ तीमध्ये अचल पूंजी लगानीको बृद्धि दर 20.1 प्रतिशत रहने छ जुन निर्धारित लक्ष्य 18 प्रतिशतभन्दा बढी रहने छ। साथै उपभोग्य वस्तुको खुद्रा बिक्री रकमको बृद्धि दर 13 प्रतिशत हुने छ जुन निर्धारित लक्ष्य 14.5 प्रतिशतभन्दा कम रहनेछ। बैदेशिक निर्यातको बृद्धि दर 8 प्रतिशत रहने छ जुन निर्धारित लक्ष्यसँग बराबर हुने जनाइएको छ।

          सन् 2013को स्थिर बृद्धि नीतिबाट आर्थिक बृद्धि दरलाई प्रत्याभूति दिइनुका साथै रोजगारी स्तर तल जान नदिनु तथा मूल्यको उत्तारचढाव उचित परिधिमा नियन्त्रित गरिएको उक्त प्रतिवेदनमा औंल्याइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह