फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती संस्कृतिको संरक्षण र विकास संघको चौधौँ सम्मेलन सम्पन्न

(GMT+08:00) 2013-12-03 10:22:40

        चिनियाँ तिब्बती संस्कृतिको संरक्षण र विकास संघको दोस्रो चरणको चौधौँ सम्मेलन हिजो दुई तारिख पैचिङ्गमा सम्पन्न भयो। सम्मेलनले संघको दोस्रो चरणदेखि रहेको कार्य प्रतिवेदन र संघका विभिन्न समूहका कार्यक्रमलाई पारित गरेको छ। सम्मेलनले च्याङ्ग यी च्यौँलाई संघको उपप्रमुख एवं सचिवको पदमा चयन गरेको छ। तावातुन्चु लगायत तिब्बती संस्कृति संरक्षण र विकास कार्य मन पराएका 18 व्यक्तिले संघको सदस्यता ग्रहण गरेको छन्।

         सन् 2010 को जून महिनामा स्थापित चिनियाँ तिब्बती संस्कृतिको संरक्षण र विकास संघ दोस्रो चरणको परिषद्ले सरकार र जनताबीचको शक्तिको सदुपयोग गरेर सफलता प्राप्त गरेको उप प्रमुख च्याङ्गले बताउनुभयो। त्यसैगरी परिषदले विभिन्न किसिमको प्रदर्शन आयोजना गरेको, तिब्बत सम्बन्धी सांस्कृतिक सामग्री सार्वजनिक गरेको, "चिनियाँ साझा मन" परोपकार कार्यक्रम सङ्गठन निर्माण गरेको छ। तिब्बती संस्कृतिको संरक्षण र विकास आदि क्षेत्रमा धेरै उपलब्धि प्राप्त गरेको पनि उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह