फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जपानलाई आक्रमणकारी इतिहासबाट उचित शिक्षा लिन चीनको आग्रह

(GMT+08:00) 2013-12-03 10:23:22

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता होङ लैले हिजो दुई तारिखमा काइरो घोषणा पत्र" सार्वजनिक भएको 70औँ वर्षकोत्सवबारे इतिहासको आधारमा भविष्यको सिर्जना हुने बताउनुभयो। चीनले जपानलाई आक्रमणकारी इतिहासबाट उचित शिक्षा लिएर छिमेकीहरुसँग भाइचाराको सम्बन्धमा जोड दिन स्मरण गराएको बताउनुभयो। जापानले आफ्नो बचनबद्धतालाई पालना गर्नुपर्ने र आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। वास्ताविक कार्यक्रममार्फत छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समाजको विश्वास पाउने कुरामा उहाँले विशेष जोड दिनुभयो।

          सो अवसरमा प्रवक्ता होङले "काइरो घोषणा पत्र" सार्वजनिक स्वीकारेको अन्तर्राष्ट्रिय महत्वपूर्ण कानून सम्झौता रहेको बताउँदै संसारको फासिस्ट विरोधी युद्धमा प्राप्त भएको महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो। "काइरो घोषणा पत्र"ले अन्तर्राष्ट्रिय समाजद्वारा युद्धपछिको अन्तर्राष्ट्रिय अनुशासनको स्थापनाका लागि महत्वपूर्ण आधार निर्माण गरेको उहाँले औँल्याउनुभयो। घोषणापत्र गहणले ऐतिहासिक र महत्वपूर्ण अर्थ रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह