फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2013-12-03 18:24:14

         चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो विहान बेलायती प्रधानमन्त्री डेबीड क्यामरुनसँग जन वृहत सभाभवनमा भेट गर्नुभयो। चिनियाँ नयाँ सरकार स्थापना भएपछि चिनियाँ र बेलायती प्रधानमन्त्री बीचको यो पहिलो भेट हो। दुवै प्रधानमन्त्रीले चीन र बेलायतको सम्बन्ध र साझा अभिरुचिको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे गहन रुपमा वैचारिक आदानप्रदान गर्दै सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न गरेका छन्।

         सो अवसरमा प्रधानमन्त्री लीले चीन र बेलायत बीचको सम्बन्ध स्वस्थ र स्थिर विकाससँगै अगाडि बढेको बताउँदै दुई पक्षको साझा हितलाई अनुकूल पार्ने विश्वशान्ति, समृद्धि, विकास र प्रगतिका लागि दुवै देशले सहकार्य गरिरहेको बताउनुभयो। दुई मुलुकले आपसी समान्न, साझा समस्याको चिन्ता, संवेदनशील समस्याको उचित समाधान र चीन तथा बेलायत बीचको रणनीतिक साझेदारी सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रधानमन्त्री लीले उल्लेख गर्नुभयो।

          प्रधानमन्त्री क्यामरुनले बेलायत सरकारले चीनसँगको सम्बन्धमाथि उच्च ध्यान दिनुका साथै आपसी हित र समान्न गर्ने नीतिअनुसार आदान प्रदानलाई सबल पार्दै सहयोगलाई बढाएको बताउनुभयो। उहाँले बेलायतले चीनको सार्वभौमिकता अधिकारलाई समान्न गर्दै तिब्बत चीनको एउटा भाग भएको तथ्यलाई स्वीकारेको र "स्वतन्त्र तिब्बत"लाई समर्थन नगर्ने कुरामा विशेष जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह