फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सफा ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी चीन-अमेरिका सहयोगको भविष्य फराकिलो

(GMT+08:00) 2013-12-03 18:25:11

       चीनसमक्ष कडा वातावरण चुनौति देखिन्छ तर यससम्बन्धी अमेरिकाको प्रशस्त अनुभव र सबभन्दा विकसित प्रविधि तथा प्रबन्धले चीन र अमेरिकाबीच सफा ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई फराकिलो भविष्य बनाएको छ। हिजो वाशिन्टनको विशेषज्ञ समूहलाई सम्बोधन गर्दै अमेरिकी वातावरण संरक्षण ब्यूरोका प्रमुख गिना मेककार्थीले उक्त कुरा व्यक्त गर्नुभएको हो।

        उक्त कार्यक्रममा उहाँले वातावरण संरक्षणसम्बन्धी अमेरिकी सरकारको नीति र वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी चीन-अमेरिका सहयोगको महत्वबारे पनि जानकारी दिनुभयो। उहाँले चीन र अमेरिका विश्वका सबभन्दा ठूला दुईवटा आर्थिक समूह हुन् भन्दै सबभन्दा बढी ऊर्जा खपत र प्रदूषण निष्काशण मुलुक पनि रहेको बताउनुभयो। चीन र अमेरिकाले मिलेर वातावरण संरक्षण र जलवायु परिवर्तनको सामना गरेमा ठूलो महत्व रहेको उहाँले धारणा राख्नुभयो।

         दुई देशबीच आर्थिक प्रतिश्पर्धा रहेको छ यो निकै स्वस्थ छ। तर हाम्रो एउटै जलवायु वातावरण छ र जलवायु परिवर्तनमा पनि निकै ध्यान दिन्छौँ। साथै यससम्बन्धी हामीबीचको तीस वर्षभन्दा बढी समयको सहयोगी साझेदारी सम्बन्ध रहेको छ। त्यसैले हामीले सहयोगलाई अझ बढाउनसक्छौँ।

         हाल चीनको अर्थतन्त्रको छिटो विकासबाट चीनसमक्ष कडा वातावरण चुनौति देखिएको छ। चीनको ऊर्जा बनोटमा भयंकर वायु प्रदूषण पारेको कोइलाको अनुपात ठूलो रहेको कुरालाई उदाहरणका रुपमा लिन सकिन्छ। त्यसैले चीनको वायु प्रदूषण नियन्त्रण कार्य र ऊर्जा बनोटको समन्वय र औद्योगिक बनौट समन्वयबीच घनिष्ठ सम्बन्ध रहेको छ।

         प्रमुख मेककार्थीका अनुसार, आर्थिक विकासको क्रममा अमेरिकासमक्ष पनि त्यस्तै चुनौति देखिएको थियो र त्यसको सामना गर्ने प्रभावकारी कदम र प्रविधि पनि विकास गरिएको छ। त्यसैले यस क्षेत्रमा चीन र अमेरिकाबीचको सहयोग कार्यले भविष्य फराकिलो बनाएको छ।

         चीनले वायु गुणस्तर तथा जलवायु परिवर्तनसम्बन्धी ठूलो लक्ष्य तयारी गरेको छ। हाम्रो विचारमा चीनले अमेरिकाबाट सिकेर त्यसको समाधान गर्नसक्छ। चीनका लागि यो निकै महत्वपूर्ण छ। यसका साथै चीनले सफा ऊर्जा अर्थतन्त्रको स्थापना गर्ने हामीले आशा लिएका छौँ।

         साथै उहाँले वातावरण संरक्षण गर्न चीन सरकारले गरेको प्रयासमाथि उच्च मूल्याङ्कन पनि गर्नुभयो।

          मलाई सबभन्दा उत्साह लागेको भनेको चीनले क्षेत्रीय योजनाको तर्जुमा गर्दैछ। पैचिङ, शाङ हाइ जस्ता विभिन्न क्षेत्रमा बनाइएका यस्ता योजनालाई उदाहरणका रुपमा लिन सकिन्छ। त्यसबाट चीनले वातावरण निगरानी तथा विश्लेषण जस्ता आवश्यक प्रबन्धको निर्माण गर्न सक्छ। चीनले कार्यान्वयनमा ल्याउन लागेको यस्ता प्रभावकारी योजना देख्ता हामीलाई पनि ईर्ष्या लागेको छ।

          उहाँले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। सो अवसरमा उहाँले चिनियाँ सरकारी अधिकारी र नागरिक संगठन आदिसँग चीन-अमेरिका सहयोगलाई बढाउने, विश्वको वातावरण संरक्षणलाई बढाउने आदिबारे छलफल गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह