फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी चीन सागरको वायु रक्षा पहिचान क्षेत्र तोकिएकोबारे चीनको स्पष्टोक्ति

(GMT+08:00) 2013-12-03 18:59:27

         गत नभेम्बर तेइस तारिख चीन सरकारले पूर्वी चीन सागरको वायु रक्षा पहिचान क्षेत्रको सीमा तोक्ने नीति सार्वजनिक गरेको थियो। हाल चीनको रक्षामन्त्रालयका प्रवक्ता कङ यान शङले पत्रकार सम्मेलनमा त्यसबारे थप जानकारी दिनुभएको छ।

         प्रवक्ता कङका अनुसार, चीनको सार्वभौमिक अधिकार र भूभाग तथा हवाइ क्षेत्र सुरक्षा संरक्षण गर्नका लागि यो आवश्यक कदम हो साथै यस्तो कार्यले अन्तर्राष्ट्रिय हवाइ क्षेत्रको सुरक्षा संरक्षणमा पनि फाइदा हुनेछ। यो कार्य अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय प्रचलनबमोजिम रहेको छ। चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहिरहेको छ र चीनले रक्षात्मक राष्ट्रिय सुरक्षा नीति चालिरहेको छ। पूर्वी चीन सागरको वायु रक्षा पहिचान क्षेत्र नै सुरक्षा क्षेत्र हो तर जोखिम क्षेत्र होइन भन्दै प्रवक्ता कङले सो क्षेत्र सहयोगी क्षेत्र भएको तर विरोध क्षेत्र नभएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो 'हामीले सम्बन्धित विभिन्न पक्षसँग अरु सल्लाह गरी हवाइ सुरक्षाको संरक्षण गरेर एशिया तथा प्रशान्त क्षेत्रको शान्ति, स्थीरता र विकासलाई बढाउने इच्छा लिएका छौँ।'

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह