फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकामा पहिलो चिनियाँ भाषाको पुस्तकपसल स्थापित

(GMT+08:00) 2013-12-04 16:41:47

       श्रीलंकामा चिनियाँ भाषाको पुस्तकपसल खुलेको छ। कोलम्बो सीन ची नामक पुस्तकपसल श्रीलंकाकै पहिलो चिनियाँ पुस्तक पसल हो। श्रीलंकास्थित चिनियाँ राजदूताबासका कार्यवाहक राजदूत रङ्ग फा छ्याङ्ग र श्रीलंका-चीन संघका प्रमुख लगुना वार्डनरले सो पुस्तक पसलको संयुक्त रुपमा शुभारम्भ गर्नुभयो।

         कार्यवाहक राजदूत रङ्गले पुस्तक पसलको उद्घाटन समारोहमा सांस्कृतिक आदानप्रदानले दुई मुलुकबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। निजी क्षेत्रको लगानीमा भए पनि सीन ची पुस्तक पसलले श्रीलंकामा बसोबास गर्ने चिनियाँ मूलका नागरिकलाई चिनियाँ संस्कृतिको स्मरण र प्रचारप्रसार गराउनका लागि राम्रो माध्यमका रुपमा स्थापित हुने उहाँले व्यक्त गर्नुभयो। यो कार्यबाट श्रीलंकाली जनताले चिनियाँ संस्कृतिलाई बुझ्ने र चिनियाँ भाषा सिक्ने अवसर प्राप्त गरेको पनि उहाँले औँल्याउनुभयो। सीन ची पुस्तक पसलले श्रीलंका र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यवाहक राजदूत रङ्गले प्रशंसा पनि गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह