फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी उप-राष्ट्रपति बाइडेन चीन भ्रमणमा

(GMT+08:00) 2013-12-04 17:53:55

        आज मध्यान्ह अमेरिकी उप-राष्ट्रपति बाइडेन चीन भ्रमणका क्रममा विशेष विमानबाट पैइचिङ आइपुग्नुभयो। चीनका उप-परराष्ट्रमन्त्री चाङ ये स्वी लगायत उच्च चिनियाँ अधिकारीहरुले विमानस्थलमा उहाँलाई स्वागत गर्नुभयो।

       चीनका उपराष्ट्राध्यक्ष ली युआन छाउको निमन्त्रणामा बाइडेन आजदेखि दुई दिने चीनको भ्रमणमा रहनु भएको छ। अमेरिकी उपराष्ट्रपति वाइडेनको यो दोस्रो चीनको भ्रमण हो। सन् 2011 को अगष्टमा उहाँले पहिलो चीन भ्रमण गर्नुभएको थियो।

        वाइट हाउसका अनुसार, एशिया भ्रमणका क्रममा बाइडेनले चीन, जापान, दक्षिण कोरिया तीन मुलुकको भ्रमण गर्नुहुनेछ। जापानको भ्रमण सिध्याएर चीन भ्रमणमा आउनु भएका उपराष्ट्रपति वाइडेनको यसपछि दक्षिण कोरिया भ्रमणको कार्यक्रम रहेको छ।

          चीन-अमेरिका नयाँ ठूला मुलुकबीचको सम्बन्धलाई सुदृढ र गहन पार्न, चीनले लिएको सुधार कार्यक्रमलाई अरु बुझ्न बाइडेनले चीनको भ्रमण गर्नुभएको विश्लेषकहरुले बताएका छन्। चीनसँग एशिया तथा प्रशान्त क्षेत्रको परिस्थितिबारे घनिष्ठ सम्पर्क राख्ने पनि भ्रमणको लक्ष्य रहेको बताइएको छ।

         चीनको कुटनीति प्रतिष्ठानको अमेरिका अध्ययनसम्बन्धी विशेषज्ञ ली हाइ तुङको विचारमा वर्षको अन्तमा बाइडेनले चीनको भ्रमण गरेबाट संक्षिप्त र पूर्वावलोकन यी दुई वटा अर्थ लागेको छ। चीन-अमेरिका नयाँ ठूलो मुलुक सम्बन्ध विकास हुँदैआएको पनि प्रतिबिम्बित भएको छ।

          प्राप्त समाचारअनुसार, चीनको भ्रमण अवधिमा उप-राष्ट्रपति बाइडेनले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ, प्रधानमन्त्री ली ख छ्याङ, उपाध्यक्ष ली युआन छाउलगायत चीका विभिन्न उच्च अधिकारीसँग भेट-वार्ता गर्नुहुनेछ। सन् 2012 फेब्रुअरीमा तत्कालीन चीनका उपराष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकाको भ्रमण गर्नुभएको थियो। त्यतिबेला बाइडेन सी चिन फिङको समकक्षी हुनुहुन्थ्यो। यो भ्रमणमा बाइडेनले चीनका नेताबीचको पुरानो साथीको रुपमा चीन-अमेरिका नयाँ ठूला मुलुकको सम्बन्धलाई अघि बढाउनुहुने समाचारहरु प्रकाशित भएका छन्।

          यसबाहेक चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएपछि चीनको भ्रमण गरेबाट बाइडेनले चीनको नयाँ सुधार नीतिबारे बुझ्न खोजेको झल्किन्छ। वाइट हाउसका अनुसार, चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने नीतिमाथि अमेरिकाले उच्च ध्यान दिएको छ। साथै भ्रमण अवधिमा बाइडेनले बलियो तथा सन्तुलित बृद्धिलाई कायम राख्न चीनलाई सहयोग दिनेबारे पनि छलफल गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह