फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टका सम्बद्धपक्षलाई वार्तामार्फत समाधान गर्न चीनको आह्वान

(GMT+08:00) 2013-12-04 09:55:24

       मध्य-पूवी समस्या सम्बन्धी चीनका विशेषदूत उ स खले हिजो तीन तारिखमा इजिप्टका विभिन्न पक्षलाई वार्तामार्फत समस्याको समाधान गर्न आह्वान गर्नुभएको छ।

       विशेषदूत उले इजिप्ट सरकार र जनताको प्रयासमा आफ्नो देशको आन्तरिक मामिलाको समाधान गर्न आवश्यक रहेको औंल्याउनुभएको छ।

       चीन र इजिप्ट बीचको सम्बन्धबारे प्रष्ट पार्दै विशेषदूत उले चीनले इजिप्टसँगको द्बिपक्षीय सम्बन्धलाई महत्व ध्यान दिएको बताउनुभयो। उहाँले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन भए पनि दुई मुलुक बीचको मित्रतामा कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभयो।

        विशेषदूत हिजो तीन तारिखमा इजिप्टको भ्रमण शुरु भएको छ। सो अवसरमा उहाँले इजिप्टका विदेश मन्त्रीसँग भेट-वार्ता गर्नुभएको थियो। दुवै पक्षले नयाँ परिस्थितिमा दुवै मुलुक बीचको सम्बन्धलाई कसरी बढाउने भन्ने विषयमा छलफल गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह